कृष्णमुरारी गौतमलाई ‘वासुदेव लुइँटेल पुरस्कार’ अर्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विसं २०७९ सालको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यंग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नृत्यकार भैरवबहादुर थापाले दोसल्ला ओढाएर यस वर्षको वासुदेव लुइँटेल पुरस्कार चट्याङ मास्टरलाई प्रदान गर्नुभएको हो । पुरस्कारमा एक लाख ११ हजार १११ रुपैयाँकौ थैली, सम्मानपत्रका साथै कौवा प्रकाशनको प्रतिक चिहृन रहेको छ ।

वासुदेव-विद्यादेव गुठीले अरू दुईजना ज्येष्ठ स्रष्टालाई पनि जनही नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ । काठमाडौंका रमेश खकुरेल र झापाका चूडामणि रेग्मीलाई गुठीले सम्मानपत्र दिएको हो ।

कार्यक्रममा गुठीका पूर्वअध्यक्ष रोचक घिमिरेले हास्यव्यंग्यका क्षेत्रमा लुइँटेलले पुर्‍याएको योगदान, त्याग र कौवा प्रकाशनको स्थापनाका सन्दर्भ उजागर गर्नुभएको थियो । त्यस्तै, बालसाहित्यकार शान्तदास मानन्धरले हास्यव्यंग्यमा लुइँटेलले पु¥याएको योगदान स्मरण गर्नुभयो ।

प्रमुख अतिथि नृत्यकार थापाले २०१०/११ सालदेखि वासुदेवसँग सम्पर्क सम्बन्ध रहेको चर्चा गर्दै २०१५ सालतिर वासुदेवले लेखेको रेशम फिरीरी व्यंग्यात्मक गीतका केही टुक्रा सुनाउनुभएको थियो । कार्यक्रममा वासुदेव-विद्यादेव लुइँटेल गुठीका अध्यक्ष प्राडा.सुष्मा आचार्यले अतिथि र सबै आमन्त्रितलाई स्वागत गर्दै आफ्ना बुबा तथा हास्यव्यंग्यमा धरोहर लुइँटेलप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?