अमेरिकी बलर निलम्बनमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अमेरिकाका तीव्र गतिका बलर कायल फिलिपलाई निलम्बन गरेको छ । नियमविपरीत बलिङ एक्सनको कारण उहाँलाई निलम्बन गरिएको आइसिसीले जनाएको छ ।

२६ वर्षीय उहाँलाई वेष्ट इण्डिजसँगको खेलको क्रममा म्याच रेफ्रीले बलिङ एक्शन रिपोर्ट गरेका थिए । उहाँले आफ्नो बलिङ एक्शन नसुधारेसम्म पुन बलिङ गर्न पाउने छैनन् । नेपालविरुद्ध डेब्यु गर्दै तीन विकेट लिनुभएको थियो । उहाँले पाँच ओडिआई खेलमा ६ विकेट लिनुभएको थियो । वेष्ट इण्डिजविरुद्ध उनले ९.३ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर ३ विकेट लिनुभएको थियो । कायल मेयर्स, जेसन होल्डर र अल्जारी जोशेफको विकेट लिनुभएको थियो ।

यसअघि अमेरिकाका तीव्र गतिका बलर अली खान दुई खेल प्रतिबन्धबाट नेदरल्याण्ड्सको खेलबाट पूनरागमन गर्नुभएको थियो । खराब अनुशासन र सेलेब्रेसनको कारण ४ डिमेरिट प्वाइन्ट पाएपछि उहाँले नेपाल र वेष्टइण्डिजसँगको खेल गुमाउनुपरेको थियो ।

जारी विश्वकप छनोट खेलमा अमेरिका बाहिरिसकेको छ । अमेरिका वेष्टइण्डिजसँग ३९ रन, नेपालसँग ६ विकेट र नेदरल्याण्ड्ससँग ५ विकेटले पराजित हुँदै बाहिरिएको हो । अन्तिम खेल अमेरिकाले शनिबार जिम्बावेसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?