काठमाडौं । यतिखेर काठमाडौंसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी बर्षा भइरहेको छ । केही ठाउँमा हल्का बर्षा भएपनि अन्य धेरै ठाउँमा मुसलधारे वर्षा भइरहेकाे छ ।
लामाे समयदेखी खडेरीकाे मार भाेगीरहेका किसानलाई याे वर्षाले राहत मिल्ने अपेक्षा गरिएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा यसैगरी पानी पर्ने छ ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।
वर्षासँगै खोलामा बाढी आउनुका साथै पहिरोको जोखिम बढ्ने भएकाले विशेष सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच