काठमाडौं । ‘द पोएट आइडल सिजन २’ को उपाधि सिक्किमका सिमियोन सुकिता राईले आफ्नो पक्षमा पार्न सफल हुनुभएको छ । शनिबार राति अबेर सम्पन्न फिनाले एपिसोडमा उहाँले नगद १० लाखसहितको पुरस्कार चुम्नुभएको हो । राईले उपाधि र पुरस्कारसँगै एभरेष्ट फिल्म कलेजबाट एक वर्षको स्नातक अध्यायनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट एक लाखको गिफ्ट भौचर प्राप्त गर्नुभएको छ ।
ग्य्राण्ड फिनालेमा धादिङकी कवयित्री डा.मुस्कान पोखरेल, धनगढीका कवि मोहित जोशी, इलामका कवि विजय लुइँटेलले पनि ट्रफी र अन्य सुविधाहरु प्राप्त गर्नुभएको छ । अमन प्रताप अधिकारी निर्देशक र दिव्यदेव पन्त प्रस्तोता रहेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ माघ २९ गतेदेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको थियो । कार्यक्रमका निर्णयकमा विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा र केकी अधिकारी रहनुभएको थियो । ‘द पोएट आइडल’ सिजन-१ को विजेता पनि सिक्किम निवासी कवि निलम गुरुङ बन्नुभएको थियो । फिनालेमा अभिनेता सुनिल थापा र चलचित्र ‘पुजार सार्की’का कलाकार तथा निर्देशक अतिथिको रूपमा सहभागी रहनु भएको थियो ।
‘द पोएट आइडल सिजन-२’ मा उत्कृष्ट ड्रेस डिजाइनको सम्मान सञ्जिता बराललाई गरिएको छ । निर्णायक मध्येकी अभिनेत्री केकी अधिकारीको लागि कार्यक्रम अबधिभरको ड्रेस बरालले तयार पार्नुभएको थियो । चार महिनासम्म चलेको सिजन-२ मा उत्कृष्ट ड्रेस डिजाइनको सम्मान बराललाई गरिएको हो । उहाँले नेकष्ट सुपर मोडल-२०१७, मिस एण्ड मिसेज नेपाल एलिगेन्स-२०१८, मिस नेपाल-२०२२ लगायतका दर्जनौं बिग रियालिटी शोमा प्रतिस्पर्धीहरूको लागि ड्रेस डिजाइन गरेबापत उत्कृष्ट सम्मान तथा अवार्ड पाउँदै आउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच