मुगु । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाको कार्यालय ताला बन्दी गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले हुम्ला जिल्लाका ४४ जना सदस्य मध्ये १२ जनालाई केन्द्रको लिष्टबाटै हटाएको भन्दै नेपाल प्रेस युनियन हुम्ला शाखाले जेठ १४ गते पत्रकार महासंघ हुम्ला शाखाको कार्यालय ताला बन्दी गरिएको हो ।
प्रेस युनियनका आठ जना र अन्य प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र समाजबादी प्रेस संगठनका लगायतका चार जना गरी जम्मा १२ जनालाई केन्द्रिय कार्यालयले हटाएपछि आफ्नो संगठनले बाध्य भएर ताला बन्दी गरेको प्रेस युनियनका सल्लाहकार समितिका जिल्ला संयोजक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँले प्रेस युनियनका नेता तथा वर्तमान अध्यक्ष राजन रावतको नाम नै लिष्टबाट हटाएपछि ताला बन्दी गरेको बताउनुभयो । महासंघको कार्यालय ताला बन्दी गर्दै गरेका संयोजक शाहीले युनियनले गरेको माग पुरा नभए अन्य जस्तो सुकै आन्दोलन पनि हुन सक्ने चेतावनी समेत दिनु भएको छ । उक्त शाहीको नेतृत्वमा गएको टोलिले चरणबद्ध रुपमा आन्दोलन गर्ने पनि थप जानकारी गराउनुभयो ।
यता मुगु पत्रकार महासघ शाखाले पुराना नबिकरणको लागि १७ जना र नयाँ सदस्यताको लागि ११ जना गरि २८ जनाको नाम पठाएको भए पनि प्रदेश पत्रकार महासघ समितिले आफु खुशि पत्रकारिता समेत नगर्ने ५ जनालाई थपेर केन्द्रमा ३३ जनाको नामावलि पठाएको र केन्द्रले जिल्लाबाट सिफारिस भै पठाइएका पत्रकारहरुको नामावलीलाई व्यवास्ता गर्दै १९ जनाको मात्र नया,पुराना सदस्यता नामावली सार्वजनिक गरेको छ । राजनीति आस्थाको भरमा विभिन्न निकायमा रोजगारी गरेको निराधार आरोप लगाउँदै प्रेस युनियनका १२ जनाको नबिकरण तथा नयाँ सदस्यता कायम गर्न जिल्लाले सिफारिस गरेको लिष्टबाट हटाईएको तर प्रेस चौतारि र प्रेस सेण्टरमा आवद्ध एनजीओमा काम गर्ने, संस्था चलाउने, पत्रकारिता नगर्नेहरुको नयाँ सदस्यता अनुमोदन तथा नविकरण गरेको प्रेस युनियन मुगुका अध्यक्ष नन्दबहादुर रोकायाले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच