![सूचनाको हकमा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/mahila-antarkriya.jpg)
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ का बजेट मन्त्रिपरिषद्को बैठकबाट पारित भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो । उहाँकाअनुसार सरकारले जेठ १५ गते हाम्रो बजेट सार्वजनिक गर्ने व्यवस्था रहेको सोही विषयमा मात्रै बैठक केन्द्रित भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले संसदमा प्रश्तुत हुने बजेटको विषयमा बैठक बसेको हो । संवैधानिक व्यवस्थाअनुसार आज जेठ १५ गते हाम्रो बजेट सार्वजनिक गर्ने व्यवस्था छ, त्यसअनुसार अहिले तयार भएको बजेट छ, त्यसको विषयमा ब्रिफिङ र बजेट पास गर्ने काम भयो । बजेटसँग सम्बन्धित केही कानूनहरु पनि संसदमा प्रश्तुत गर्नेगरी निर्णय भएको छ ।’
सरकारले बजेटसँग सम्बन्धित केही कानूनहरु पनि संसदमा प्रश्तुत गर्ने निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच