कर्मचारीलाई मिर्मिरे लघुवित्तको तालिम

Read Time = 2 mins

काठमाडौं । बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य सञ्चालनबारे तालिम सञ्चालन गरेको छ । कम्पनीले दुई चरणमा मधेश प्रदेश प्रादेशिक कार्यालय मातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीलाई तालिम प्रदान गरेको हो ।

लघुवित्त क्षेत्रमा हुन सक्ने कर्जा जोखिमसँगै कार्य सञ्चालनमा प्रभावकारिता व्यवस्थापन गर्न कर्मचारीलाई समय-समयमा थप ज्ञानसीप विकास प्रवद्र्धन आवश्यक भएकाले वित्तीय संस्थाले कर्मचारी लक्षित तालिम कार्यक्रम आयोजना गरेको सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहोराले बताउनुभएको छ ।

तालिम कार्यक्रममा लघुवित्तको मधेश प्रदेशका २५ शाखाका अतिरिक्त बागमती प्रदेशका सिन्धुलीस्थित शाखाका कर्मचारी तथा सहजकर्तासमेत करिब सयजना कर्मचारीको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीमा हाल करिब सात सय ५० कर्मचारी कार्यरत छन् भने एक सय ४८ शाखामार्फत् करिब एक लाख ३५ हजार सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?