काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बु जिल्लाको पाङ्बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको नौ सय ११ किलोवाट क्षमताको जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौतापत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत् प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने आयोजनामा सिद्धार्थ बैंकले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकारद्वारा आर्थिक सहयोगका रूपमा प्राप्त हुने च्यालेन्ज फण्ड प्रवाह गर्न साझेदार बैंकका रूपमा भूमिका निर्वाह गर्नेछ । चोलुन्चे खोलाको पानी प्रयोग गरी निर्माण हुने आयोजना चार हजार चार सय २३ मिटर उचाइमा रहेको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको क्षेत्रमा राष्ट्रिय प्रशारणको विद्युत् उपलब्ध नभएका कारण विद्युत् अभाव रहिआएकोमा उक्त आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि समस्या समाधान हुनुका साथै वातावरणमा सकारात्मक प्रभाव, पर्यटकलाई भरपर्दो ऊर्जाको विकल्प तथा खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका चार सय ५१ घरधुरी प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच