काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताउनुभएको छ । पार्टीनिकट जनवर्गीय संगठन संयन्त्रद्वारा काठमाडौंमा सुरु भएको राष्ट्रिय महिला भेलामा अध्यक्ष ओलीले सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले ठूला केही सहकारी बदनाम र संकटग्रस्त हुन गएको ओलीले तर्क राख्नुभयो ।
सहकारीहरू नियममा बसेर अघि बढ्ने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउनेसमेत उहाँले बताउनुभयो । ‘अहिले सहकारीमा गैरसहकारीवालाहरू, यसलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठूला सहकारी बदनाम भएका छन् । त्यहाँ समस्याग्रस्त भएको छ । ती संकटग्रस्त छन् । तर, साँच्चैको सहकारीहरू संकटग्रस्त हुँदैनन् । छैनन् । आफ्नोे नियम पालना गरेर अगाडि बढ्नुपर्छ । कुनै समस्या हुँदैनन्’, उहाँले भन्नुभयो ।
ओलीले महिलाले सबै क्षेत्रमा ३३ प्रतिशत आरक्षण पाए पनि सुखी हुन नसकेको धारणा राख्नुभयो । ‘महिलाले ३३ प्रतिशत सहभागिता प्राप्त गर्दा हामी खुसी छौँ । तर, सन्तुष्टि बनाउन सकेको छैन । त्यसबाट हामी सुखी हुन सकेका छैनौँ’ उहाँले भन्नुभयो । ‘कति संघर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहाँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ताउस्तै रे । कहाँ उस्ताउस्तै छ ? महिलाको उपस्थिति संसद्मा ३३ प्रतिशत छ,’ ओलीले प्रश्न गर्नुभयो ।
अर्को एक सन्दर्भमा ओलीले राष्ट्रिय शक्तिलाई धेरैले कच्याककुचुक पार्न खोजेको तर यसलाई कसैले पनि त्यस्तो गर्न नसकेको बताउनुभयो । उहाँले महिलालाई निर्णायक तहमा विकास गरेर राष्ट्रिय शक्ति बनाउने घोषणा गर्नुभयो । महिला आन्दोलनभित्र विकृत पस्न दिनु नहुने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्तिको रूपमा विकास गर्नेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । मुलुकलाई समृद्ध बनाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुको विकल्प नभएको उहाँको भनाइ छ ।
महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभएको छ । बुधबार नेकपा (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उहाँले महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने धारणा राख्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले महिलाहरूले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरूका साथै राष्ट्रिय मुद्दाहरूमा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले महिलाहरूले केवल महिलाको मात्रै विषय नभएर समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेण्डाहरूमा पनि नेतृत्व लिनुपर्ने बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले लैंगिक समानताको विषय महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै सचेतना तथा सशक्तिकरणका अभियानहरू महिला र पुरुष दुवैमा लक्षित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाविरुद्ध हुने असमानता, विभेद र हिंसाको मूलकारण पुरुष नभएर शोषणमा आधारित सामाजिक र आर्थिक व्यवस्था रहेको बताउनुभयो । उनले व्यक्तिगत सचेतना वा सशक्तिकरणमा मात्र सीमित नभई महिला मुक्तिको सवाललाई समग्र सामाजिक मुक्ति वा रूपान्तरणको विषयसँग जोड्नुपर्ने बताउनुभयो । भण्डारी नौ वर्षपछि नेकपा एमालेको औपचारिक कार्यक्रममा सहभागी हुनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच