![ठगहरूले केही ठूला सहकारी बदनाम बनाए, नियममा बस्नेमा समस्या छैन : ओली](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/UML-kp-Sharma-oli-hita-fornt-page.jpg)
व्याकरण, मिठास र शब्दभण्डारका दृष्टिले नेपाली भाषा अत्यन्त समृद्ध छ । लिंग, स्थान, वस्तु, अवस्था आदिका लागि बेग्लाबेग्लै शब्द र अक्षरहरूले फरक स्वाद दिनसक्ने विशेषता नेपाली भाषामा रहेको छ । यसको विशिष्टतालाई समाप्त पार्न समय समयमा विविध तरिकाले आक्रमण गरिँदै आइए तापनि आफ्नै बलबुता र केही भाषाप्रेमीहरूको प्रयासका कारण आजसम्म जीवित रहन सफल भएको छ । नेपालीपनमाथि गौरव गर्नेहरूले जतिसुकै संघर्ष गरे तापनि कतिपय शब्दहरू प्रायः लोप भइसकेका छन् भने नेपाली भाषाका कतिपय विशेषताहरू लोपोन्मुख छन् । भोलिका दिनमा नेपाली भाषामा लिखित प्राचीन पुस्तकहरू पढेर त्यसलाई बुझी अरूलाई पनि बुझाउन सक्ने युवाहरू रहलान् कि नरहलान् भन्ने प्रश्न उब्जिसकेको छ ।
नेपाली भाषाको स्वरूपमा समय समयमा परिवर्तन ल्याउने प्रयास भएका छन् । कपितय विद्वान्हरूले गरेका प्रयासहरू सकारात्मक थिए र हुने गरेका छन् भने कतिपयका क्रियाकलापहरू भाषालाई कमजोर बनाउने र नेपालीपनलाई समाप्त पार्नेतर्फ उद्यत देखिन्छन् । नेपाली संस्कृति र परम्परालाई नाश गर्न सक्रिय भएका केहीले पछि गएर पश्चात्ताप गरेको पनि पाइन्छ भने केहीले नेपाली परम्परालाई कमजोर बनाउन सफल भएकोमा गर्व गर्ने गरेको पनि देखिन्छ । भाषा विज्ञानमा रहेका कमजोरीहरूलाई सच्याउन गरिएका प्रयासहरूलाई स्वागत र नेपालीपन मार्न सक्रिय हुनेहरूलाई तिरष्कार गरिनुपर्ने हो तर नेपालमा भने यी दुइका बीचमा विभेद गरेको देखिन्न । बरू कतिपय अवसरमा भाषा विनाश अभियानमा सक्रियहरूकै प्रशंसा र सम्मान गरिएका पनि देख्न पाइन्छ ।
सानाबा, सानिमा वा सानीआमा जस्ता नाताहरू आजका बालबालिकालाई थाहा नै छैन । अंकल र अण्टीका सम्बोधनले सबै नातागोता खाइसकेका छन् । पिताका भाइ पनि अंकल, माताकी बहिनीका पति पनि अंकल, काकाकी श्रीमती पनि अण्टी र माताकी बहिनी पनि अण्टी भन्नुपर्ने बाध्यता हामी नेपालीहरूलाई थिएन ।
विदेशमा पढेर आएकाहरूले त्यहाँको रहनसहन र भाषामाथि अध्ययन गरी उतैको स्वरूप दिने प्रयास गर्दा कतिपय अवस्थामा नेपाली भाषा शैलीमा परिवर्तन आएको देखिन्छ । विदेशी पैसामा रमाउँदै नेपाली भाषालाई कमजोर बनाउन प्रयुक्त विद्वान्हरूले गर्दा पनि नेपाली व्याकरणमा फेरबदल हुने गरेको छ । विदेशमा आविष्कार गरिएका र विशेष अवस्थामा उत्पन्न नयाँ परिस्थितिहरूलाई सम्बोधन गर्ने आफ्नै उपयुक्त शब्द निर्माण गर्न नसक्दा पनि नेपाली भाषामा विदेशी शब्दहरूको प्रभाव थपिँदै गएको छ । यस्ता कतिपय शब्दहरूले नेपाली भाषामा मिठास थप्ने काम पनि गरेका छन् र अधिकांशले भने नेपाली भाषालाई नै कमजोर बनाउँदै लगेका छन् ।
हामीले कक्षा ९ र १० मा पढ्दा ‘ताना सर्मा’ द्वारा लिखित एवं सम्पादित नेपाली किताब पढेका थियौँ । उनको थरमा ‘सर्मा’ लेखिएको भए तापनि हाम्रा गुरुले भने त्यो गलत हो ‘शर्मा’ नै लेख्नुपर्दछ भनेर पढाउनु भयो । त्यतिबेला किताब लेख्ने मान्छे ठीक कि हामीलाई पढाउने हामीलाई थाहा थिएन तर परीक्षा उत्तीर्ण गर्नुपर्ने भएकाले हाम्रा गुरुले भनेकै मानेका थियौं । पछि गएर ‘ताना सर्मा’ ले ‘ताना शर्मा’ नै लेख्ने गरेका भेट्टायौँ । उच्चशिक्षामा निकै दखल भएका र विद्वान् भनेर कहलिएका ‘ताना सर्मा’ भन्दा विद्यालयस्तरमा पढाउने हाम्रा गुरु नै ठीक रहेछन् भन्ने हामीले बुझ्ने अवसर पायौं । ताना सर्मामा चलेको एउटा लहडलाई हावादारी तरिकाले त्यसरी स्वीकार गर्ने त्यतिबेलाको कस्तो सरकार रहेछ भन्ने आज पनि लागिरहन्छ ।
अहिले पनि ‘रामप्रसाद’ लाई ‘राम प्रसाद’ लेखेर आफ्नो फरक पहिचान स्थापित गर्ने नेपालीका विशिष्ट भनिएका विद्वान्हरू भेटिन्छन् । उनीहरूकै मातहतमा रहेर विद्यावारिधि गर्नुपर्ने, स्नातकोत्तर उत्तीर्ण गर्नु पर्ने र विभिन्न योजना परियोजनाहरूमा काम गर्नुपर्नेहरूले मनमा अर्कै विचार भए पनि बाध्यतावश स्वीकार गरेको पाइन्छ । यस्ता क्रियाकलापले उनीहरूको जीविकामा सहजता त आएको होला तर यसले नेपाली भाषालाई विद्रूप बनाउँदै लगेकोतर्फ धेरैको ध्यान जानसकेको छैन । नेपाली भाषामा लगभग पूर्णतः संस्कृत व्याकरणको प्रभाव रहेको छ र त्यो प्रभावलाई हटाउने प्रयास गर्नेहरूको चलखेलले नेपाली शब्दको अध्ययन गर्न चाहनेहरूमा समस्या पर्दै जान थालेको छ ।
सानाबा, सानिमा वा सानीआमा जस्ता नाताहरू आजका बालबालिकालाई थाहा नै छैन । अंकल र अण्टीका सम्बोधनले सबै नातागोता खाइसकेका छन् । पिताका भाइ पनि अंकल, माताकी बहिनीका पति पनि अंकल, काकाकी श्रीमती पनि अण्टी र माताकी बहिनी पनि अण्टी भन्नुपर्ने बाध्यता हामी नेपालीहरूलाई थिएन । अण्टी भनियो भने हाम्रा पुराना पुस्ताले करुवा आकारको एक भाँडोलाई बुझ्थे भने काकी वा सानीआमा वा सानीमाकै सम्बोधनले हाम्रा नातागोतालाई निकटस्थ बनाई राख्दथे । काकीभन्दा अण्टी आधुनिक र काकाभन्दा अंकल पढेलेखेको विद्वान् देखिने रहरमा हामीले हाम्रो भाषाको भण्डारलाई कमजोर बनाउँदै लगेका छौं ।
पछिल्लो समयमा आएर स्त्रीलिंगी शब्द र वाक्यहरूको प्रयोग लगभग लोप हुन थालिसकेको पाइन्छ । अहिलेका युवाहरूले केटी साथीलाई पनि ‘आज गीता आएन’ भन्छन् । ‘सीता गयो त’ भन्ने गरेको आमरूपमा सुनिन्छ । केटालाई भन्दा ‘आज राम आएन’ र केटीका सन्दर्भमा ‘आज सीता आइनन्’ भन्दा नै राम्रो लाग्नुपर्ने हो । ‘सीता त गयो’ भन्नुको साटो ‘सीता त गइन्’ भन्दा नै लैंगिक वैशिष्य कायम हुन्छ । अबका दिनमा यस्ता प्रयोगहरू पढाउने गुरु पनि पाउन र जान्ने युवाहरू भेटिन मुस्किल पर्ने भइसकेको छ । सरसर्ती हेर्दा यो भेद हराएर के फरक पर्छ त भन्ने पनि लाग्न सक्छ तर नेपाली भाषामा रहेको समृद्धि भने निश्चय नै हराउँदै जान्छ ।
विश्वव्यापी अन्तर्राष्ट्रिय भाषा अंग्रेजी जान्नु राम्रो हो तर यसका नाममा नेपाली नजाने पनि हुन्छ भन्नु किमार्थ स्वागतयोग्य कुरा होइन । मलाई नेपाली आउँदैन भन्दा गर्व गर्नेहरूको संख्या बढ्दै गएको छ र यसमा खुशी मान्नु हुँदै हुँदैन ।
यसमा नेपाली भाषाले पुरुष र महिलाका बीचमा विभेद गरेको छ भन्ने आरोप लगाउनेहरूले चलाएका अभियानको प्रभाव पनि परेको हो । यस्तो हुनुको एउटा कारणमा केही दशकअगाडि नेपाली भाषाले गरेको विभेद हटाउन एउटै सम्बोधन हुनुपर्छ भन्ने मान्यता राख्नेहरूले आरम्भ गरेको अभियान हो पनि भन्न सकिन्छ । यिनै अभियानकर्ताहरूले फेरि अंग्रेजी भाषामा रहेको ‘हि’ र ‘सि’ मा भने कहिल्यै कुनै आवाज उठाएनन् र त्यसमा भने गर्व नै गर्दछन् । सारांशमा भन्नुपर्दा केही मान्छेहरूका लहडैलहडमा नेपाली भाषा कमजोर बन्दै गएको छ ।
समय समयमा नेपाली भाषालाई सरल बनाउने अभियान चलाइन्छ । सरल बनाउने नाममा यति तहसनहस बनाइन्छ कि त्यसले पार्ने नकारात्मक प्रभावका बारेमा कुनै वास्ता नै गरिँदैन । विशेषगरी संस्कृत भाषा मास्नुपर्दछ भन्ने मान्यता राख्नेहरूको प्रभावमा नेपाली विषयका विद्वान्हरू केही सानो रकमको आशामा बहिदिँदा पनि नेपाली भाषाको स्वरूप बिग्रँदै गएको छ । ‘शव’ ले बुझाउने अर्थ र ‘सब’ ले बुझाउने निश्चय नै फरक छ । त्यसैले नेपाली व्याकरणबाट ‘श’ हटाउनै सकिँदैन । जे लेखे पनि बुझे पुग्छ भन्ने प्रचार गर्दै नेपाली भाषा मार्न प्रयासरतहरूबाट सचेत हुन आवश्यक छ । ‘साइकोलोजी’ लेख्दा अंग्रेजहरूलाई अघिल्लो अक्षर ‘पी’ लेख्न आजसम्म कुनै अप्ठेरो लागेको छैन भने आफ्नो मौलिकता नै हराउने गरी नेपाली भाषालाई सरल बनाउने अभियान किन चलाइन्छ भन्ने बुझ्न कठिन भएको छ ।
नेपालका विद्यालयहरूमा नेपाली बोले दण्ड दिँदा टुलुटुलु हेर्नेमात्रै होइन कि त्यही विद्यालयमा आफ्ना सन्तति पढाउने उच्चपदस्थ व्यक्तिहरू रहँदासम्म नेपाली भाषामा खिया लाग्दै जाने निश्चित छ । भोलि मेरा सन्तति अमेरिका या बेलायततिरै जाने हुन्, नेपाली किन पढाउने ? बरु अंग्रजीमै दक्ष बनाउँछु भन्ने आशय राखेका व्यक्तिहरू मन्त्री, सचिव जस्ता पदमा रहुञ्जेल नेपाली भाषाले यस्ता दुर्गतिहरू भोग्न परिरहन्छ । नेपाल र नेपाली भाषाको समृद्धिमा नै आफ्नो समुन्नति देख्नेहरूका हातमा सत्ता नपुगेसम्म देख्नुपर्ने दिन भनेको यस्तै नै हो ।
विश्वव्यापी अन्तर्राष्ट्रिय भाषा अंग्रेजी जान्नु राम्रो हो तर यसका नाममा नेपाली नजाने पनि हुन्छ भन्नु किमार्थ स्वागतयोग्य कुरा होइन । मलाई नेपाली आउँदैनभन्दा गर्व गर्नेहरूको संख्या बढ्दै गएको छ र यसमा खुसी मान्नु हुँदै हुँदैन । त्यसैले अब अभियान नै चलाउने हो भने प्राथमिक शिक्षासम्म अनिवार्य मातृभाषा पढाउने, आधारभूत तहका कक्षाहरूमा सबै विद्यार्थीहरूलाई शुद्ध नेपाली बोल्न लेख्न सिकाउने अभियान चलाउन जरुरी भइसकेको छ । यसका लागि विद्यालय तहमा सरल संस्कृत पढाउन जरुरी छ भन्ने पनि भुल्नु हुँदैन ।
नैतिक शिक्षा पहिलेका सरकारहरूले हटाए । अहिलेका कतिपय स्थानीय सरकारहरूले नैतिक शिक्षा पढाउने अभियान चलाएका छन् । धेरै विद्यालयहरूले सामाजिक शिक्षा नेपाली भाषामै पढाउनु पर्ने नियम पनि लगाएका छन् । यस्ता कदमहरूले नेपाली भाषालाई प्रेम गर्नेहरूलाई केही राहत दिएको छ र सकारात्मक सोच भएका यस्ता स्थानीय सरकारहरूले अब संस्कृत शिक्षामा पनि त्यत्तिकै जोड दिएर नेपालीहरूको मौलिक पहिचान जोगाउन सक्रिय हुनेछन् भन्ने आशा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच