![अग्रजहरुको अनुभव नयाँ पिँढीलाई आवश्यक छ : अध्यक्ष दाहाल](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Narayan-Prasad-Dahal.jpg)
काठमाडौं । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे महिला तथा सामाजिक समितिको बैठक बस्दैछ ।
बैठकमा नेपालमा एसिड आक्रमण पिडीतहरुको क्षतिपूर्ति सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।
बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षकसँग छलफल हुनेछ ।
बिहान साढे १० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा १६ औं पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तुहरु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती (एलडिसी गे्रजुएशन) को लागि नेपाल सरकारको रणनीति तयारी र दिगो विकास लक्ष्य कार्यान्वयनको भिआरएन प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ भने दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्याहरु र भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ ।
![नयाँ गठबन्धनको कसरत !](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Congress-Sher-Bahadur-Deuba-alternative-alliance-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच