
झापा । झापाको दमक नगरपालिका २ का ६२ वर्षीय खगेन्द्र राईको आज करेन्ट लागेर मृत्यु भएको छ । दुईतले आफ्नै घरको माथिल्लो तलामा टिन लगाउने क्रममा उनलाई करेन्ट लागेको थियोे । बिजुलीको तारमा टिनले छुँदा करेन्ट लागेका उनको आम्दा अस्पताल दमकमा मृत्यु भएको हो ।
विद्युत प्राधिकरणको लापरवाहीका कारण राईको मृत्यु भएको दाबी गर्दै आफन्तले प्राधिकरणको दमक कार्यालय घेरेका थिए । उनीहरुले मृतक परिवारले राहत पाउनु पर्ने माग गरेका थिए ।
प्राधिकरण शाखा कार्यालय दमकले राई परिवारलाई ३० हजार दिने सहमति भएको छ । काजकिरिया खर्च बापत दमक नगरपालिकाले ५० हजार उपलब्ध गराउने सहमति भएको दमक प्रहरीले जनाएको छ ।
दमक नगर प्रमुख रामकुमार थापा, दमक २ का वडाध्यक्ष प्रजापति सापकोटा, विद्युत प्राविधिक दमकका प्रतिनिधि र मृतकका आफन्त बीच भएको सहमतिपछि परिवार शव बुझ्न सहमत भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच