सर्लाही । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।
जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो ।
हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।
हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।
बम्जनको घरबाट प्रहरीले तीन करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । सिआइबीले घरमा खानतलासी गर्दा तीन करोड ३४ लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ बरामद गरेको हो ।
यस्तै, र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा पनि बरामद भएको सिआइबीले जनाएको छ ।
मंगलबार सिआइबीले उनी बसेको बूढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । उनको घरबाट प्रहरीले विभिन्न ब्राण्डका १५ थान मोबाइलसमेत बरामद गरेको छ ।
बम्जनसँग तीनवटा मोटरसाइकलका बिलबुक, टोयोटा हाइलक्स गाडीको चाबी, विभिन्न ब्राण्डका पेनड्राइभ २० वटा, भ्वाइस रेकर्डर, आइप्याड र ट्याब पाँचवटा, विभिन्न कागजात फेला परेको छ ।
बलात्कार गरेको अभियोगमा पक्राउ परेका बम्जनले आफूले कुनै किसिमको अपराध नगरेको दाबी गरेका छन् ।
प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उनले आफूमाथि लागेका सबै अपराधको आरोप अस्वीकार गरेका हुन् । प्रहरी उच्च स्रोतका अनुसार आफूलाई फसाउन सबै गरिएको उनको बयान थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच