काठमाडौं । टीका भट्टराईको गीतसंग्रह ‘मुच्र्छना’माथि विमर्श गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा संघकै सभाकक्षामा एक कार्यक्रमबीच उक्त कृतिको विमर्श गरिएको हो ।
गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षता एवं सम्मानित गीतकार विश्व वल्लभको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष आतिथ्यतामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य चेतन सापकोटा रहनुभएको थियो ।
कार्यक्रममा स्रष्टाको परिचय कृष्ण सुवेदी ‘निराकर’ले राख्नुभएको थियो भने गीतसंग्रहमाथि गीतकार प्रमोद ढुंगाना र सन्तोष श्रेष्ठले विमर्श गर्नुभएको थियो । उहाँहरूले विभिन्न कालखण्डमा रचिएका सिर्जनाले समयवोध गराएको बताउनुभयो । माया र प्रेम, माटो र मुटु एवं प्रकृति अनुसार समयसान्दर्भिक रचना पस्किएको उहाँहरूको जिकिर थियो ।
संघका उपाध्यक्ष रमेश कोइरालाले सञ्चालन गरेको कार्यक्रममा गीतकार भट्टराईले आफ्नो लेखन समयको अनुभव साझा गर्नुभएको थियो । कार्यक्रममा कलाकार उत्तम केसी, गीतकार गंगाराज मुकारुङ, रविन्द्र आशिष शैली, भरत बम्जन, राम भट्टराई, नारायणकुमार आचार्य, तारा अधिकारी, गोविन्द शृंखला, डा.ॐकृष्ण प्रसाईं, संगीतकार अष्ट लामा, ज्योति प्रकाश, झलक संग्रौला, गणेश पराजुली, तारावीर पाण्डेलगायत गीतसंगीत साहित्य एवं सञ्चारकर्मीको उपस्तिथि थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच