![बैतडीको पाटनका तीनओटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/baby-warmar.jpg)
चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा रैथाने मौरी संरक्षणका लागि स्थानीय किसानलाई मौरीको आधुनिक घार वितरण गरिएको छ । काठको मादले घारमा मौरीपालन गरिरहेका किसानहरुलाई आधुनिक घार वितरण गरिएको हो । गाउँपालिका र सपना भिलेज सोसल इम्प्याक्टले सयुक्त रुपमा ४० घरधुरीलाई ८० वटा घार वितरण गरिएको हो । सो गाउँपालिकाको वडा नं २ को घुर्केसका २० घरधुरी र सोही वडाकै काउलेका २० घरधुरलाई पालिकाको ५० प्रतिशत र सपनाको ५० प्रतिशत लगानीमा घार वितरण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण घार किन्न नसकेका यहाँका किसानहरुले घरको भत्ता, रुखको धोद्रो, काठको मादले घरमा मौरी पालन गरि मह उत्पादन गर्दै आएका छन् । आधुनिक मौरीपालन मार्फत महको उत्पादन बढाउने उद्देश्य रहेको छ । घारसंगै मौरीपालनको लागि आवश्यक पर्ने औजार समेत प्रदान गरिएको छ । सुपर घार सहित टोपी, पन्जा, धुवादानी, आधारचाका प्रदान गरिएको गिरीले जानकारी दिनुभयो । सोही वडाको मायाटार पर्यटकीय स्थलको रुपमा विकास भएको छ ।
यहाँ दैनिक १५० स्वादेश पर्यटकहरु आउने गरेका छन् । यहाँ आउने पर्यटकहरुले प्राकृतिक सम्पदाको अबलोकन र परम्परागत खानामा रमाउने गरेका छन् । मायाटारको निकटमा रहेका बस्तीहरु पर्यापर्यटनको विकासको लागि रैथाने मौरी संरक्षणको काम सुरु गरिएको हो । मौरीसंंगै मौरीको स्रोत संरक्षण गरेर रैथाने मौरी जोगाउनु पर्ने देखियो सपनाका अध्यक्ष गिरीले भन्नुभयो व्यवसायिक मौरी पालनका लागि होइन रैथाने मौरी जोगाउन घार दिएका हौ । मायाटार र यस आसपासका क्षेत्रमा चरीचरणको लागि चिउरी, लालिगुरास, टाकी, पड्के, रुदिलो, किम्बु, चिलाउने जस्ता वनस्पती मौरीपालनको स्रोत हो । विकट बस्तीमा उत्पादन भएको चिउरीको महको राम्रो बजार रहेको छ । घार वितरण पूर्व सपना भिलेजले मौरीपालन गरिरहेका किसानहरुलाई दुइदिने तालिम समेत दिएको सपना भिलेज सोसल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिनुभयो ।
शुक्रबार आयोजित कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ र सपनाका अध्यक्ष गिरीले घार हस्तान्तरण गर्नुभएको थियो । सो अबसरमा गाउँपालिकाका अध्यक्ष गुरुङले रैथाने मौरीको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन, पर्यापर्यटनको विकासको लागि मौरीको घार प्रदान गरिएको बताउनुभयो ।
यस अघि सपना भिलेजले कालिकाको सिद्धिमा २० घरधुरीलाई ४०० घार मौरी वितरण गरेको थियो । ४० लाख लगानी गरि पाँच बर्ष अघि नगरपालिकासंगको सहकार्यमा चेपाङलाई घार वितरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच