रेडक्रस एक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । हेनरी ड्युनाद्वारा स्थापना गरिएको यो सामाजिक संस्था हाल विश्वव्यापी बनेको छ । नेपालमा पनि यसका शाखा प्रशाखाहरू जिल्ला-जिल्लामा र गाउँ टोलसम्म विस्तार भइसकेका छन् । विशेषगरी युद्ध, गृहयुद्ध वा महामारीका समयमा प्रभावित मानिसलाई उद्धार र उपचारको पहुँच भएको स्थानसम्म पु¥याउने कायमा रेडक्रसको उल्लेख्य, अहम् भूमिका हुने गर्दछ । यसका साथै प्राकृतिक प्रकोपमा परेका पीडितहरूका लागि राहतको पहल रेडक्रसबाट हुने गर्दछ । यो एउटा विशुद्ध सामाजिक संस्था हो । एकताका अस्पताललगायत विभिन्न उपचार केन्द्र तथा निकायले व्यापक रूपमा रेडक्रसको चिहृन प्रयोग गर्ने गरेका हुँदा यसको विरोध भयो ।
किनभने रेडक्रस सामाजिक संस्था हो भने अस्पतालहरू व्यापारिक र व्यावसायिक निकाय । विरोधपछि तिनले रेडक्रसको चिहृन प्रयोग गर्न छोडे । यसबाट रेडक्रस कस्तो खालको संस्था हो भन्ने जान्न सकिन्छ । यही संस्थालाई विषय बनाएर एउटा पुस्तक लेखिएको छ ‘रेडक्रस ः अभियान एक, सेवा अनेक’ शीर्षकमा । यसका लेखक हुनुहुन्छ सञ्जीव थापा । पुस्तक डिएमआई आकारमा छ । यसमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । यसको छपाइस्तरीय छ र अशुद्धिहरू कमैमात्र भेटिन्छन् । प्रथम संस्करणका रूपमा २०८० सालमा प्रकाशित भएको यस पुस्तकको प्रकाशक पनि लेखक आफैँ रहनुभएको छ ।
रेडक्रस र सरकारबीचको सम्बन्ध, सरकारले गर्नुपर्ने केही कामका लागि सुझावलगायत विभिन्न कुराको चर्चा पुस्तकमा भएको छ । रेडक्रसको इतिहास र उपलब्धिसहितको यो पुस्तकलाई यस विषयको एउटा उपलब्धिका रूपमा मान्नुपर्ने हुन्छ । पुस्तकका लागि लेखकलाई बधाई छ ।
पुस्तकको सर्वाधिकार लेखक आफैँमा छ भने पुस्तक ५०० प्रति छापिएको छ । पुस्तकमा भूमिका खण्डमा २६ र पाठ्य खण्डमा ३२६ गरी जम्मा ३५२ पृष्ठ छन् । पुस्तकको मूल्य ६५० रुपैयाँ छ । यस पुस्तकको मुद्रण रिलिज पब्लिकेसन उद्योगमा भएको छ भने यसको लेआउट रिलिज पब्लिकेसनकै धर्मराज जोशीले गर्नुभएको छ । आवरण पृष्ठ साधा सेतो छ । पृष्ठभूमिमा मधुरो गरी रेडक्रसका गतिविधि दिइएको छ, बीचमा पुस्तको शीर्षक दिएको छ । तल साना अक्षरमा लेखकको नाम उल्लेख छ ।
पृष्ठ आवरणमा परिचयसहित लेखकको फोटो दिइएको छ । जसअनुसार उहाँ डम्बरबहादुर थापा र पद्मकुमारी थापाका छोराका रूपमा २०१२ सालमा कटारी नगरपालिका लिम्पाटारमा जन्मिनुभएको भन्ने थाहा हुन्छ । उहाँका श्रीमती, एक छोरा र दुई छोरीहरू रहेका र उहाँले इतिहासमा एमए गर्नुभएको जानकारी यही पृष्ठबाट प्राप्त गर्न सकिन्छ । नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष उहाँलाई दषिण कोरियाको हान्सु विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि पनि प्राप्त भएको छ । यही पृष्ठमा उहाँले हासिल गरेका अनुभव, प्राप्त पदक, भ्रमण गरेका नेपालका जिल्लाहरू र विभिन्न देशको नाम दिइएको छ । समाजसेवामा रुचि राख्ने थापाका केही लेख रचनाहरू प्रकाशित भएका छन् भनिएको छ । उहाँ हाल मध्यपुर ठिमी-१६ लोकन्थलीमा बस्तै आउनुभएको जानकारी यहाँ दिइएको छ ।
पुस्तक आकर्षक छ । यसको भूमिका खण्डमा पहिले लेखकको पूर्णपृष्ठको फोटो दिइएको छ भने पूर्वमन्त्री देवरत्न धाख्वाको ‘यस पुस्तकका सम्बन्धमा’, तीर्थराज वन्तको ‘मेरो भुनभुनाइ’ प्रा.रामकुमार दाहालको ‘मेरो नजरमा रेडक्रस : अभियान एक सेवा अनेक’ प्रा.पुरुषोत्तम दाहालको ‘सञ्जीव : सेवा र राजनीतिको सन्धिबिन्दु’ र लेखक थापाको ‘पुस्तकबारे मेरो भनाइ’ छन् । त्यसपछि विषयसूची छ । पुस्तक ११ अध्यायमा लेखिएको छ । त्यसपछि १४ वटा अनुसूचीहरू छन् । यस पुस्तकमा रेडक्रसको अभ्युदय भनेर यसको इतिहास दिइएको छ जसले गर्दा रेडक्रसका बारेमा जान्न चाहनेहरूका लागि यो निकै उपयोगी हुने विश्वास गर्न सकिन्छ ।
त्यसपछिका विभिन्न अध्यायमा लेखकले रेडक्रममा आफ्नो प्रवेशदेखि विभिन्न कालखण्डमा यस संस्थामा बसेर आपूmले गरेका कामहरूको उल्लेख गर्नुभएको छ । गरेका काम, राम्रा काम गर्न गरिएका प्रयासहरू, रेडक्रममा आफू संलग्न भएका बेला गरेका विदेश भ्रमणका सन्दर्भ । रेडक्रस र सरकारबीचको सम्बन्ध र सरकारले गर्नुपर्ने केही कामहरूका लागि सुझावलगायत विभिन्न कुराको चर्चा पुस्तकमा भएको छ । पुस्तको अन्त्यमा सम्बन्धित केही फोटाहरू दिइएका छन् । रेडक्रसको इतिहास र उपलब्धिसहितको यो पुस्तकलाई यस विषयको एउटा उपलब्धिका रूपमा मान्नुपर्ने हुन्छ । पुस्तकका लागि लेखकलाई बधाई छ र आगामी दिनहरूमा पनि यस्ता अन्य पुस्तक उहाँबाट लेखिऊन् शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच