दाङकाे धारपानी मन्दिरलाई रण अम्बिका पुरस्कार प्रदान

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । दाङकाे घाेराही उप महानगरपालिका वडा नम्बर ५ धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरलाई रण अम्बिका शाह सेवा पुरस्कार प्रदान गरिएको छ । रण अम्बिका शाह सेवा गुठी काठमाडौंले एक कार्यक्रमकाबीच मन्दिरका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यलाई साे पुरस्कार प्रदान गरेकाे हाे ।

धर्म सँस्कृति, समाजसेवा तथा राष्ट्रिय चिन्तनमा काम गर्ने दुई वटा संस्था तथा व्यक्तिलाई प्रत्येक बर्ष रण अम्बिका शाह सेवा पुरस्कार प्रदान गर्ने गरिन्छ । जम्मा एक लाख ११ हजार एक सय ११ रूपैया राशीकाे पुरस्कार पाण्डवेश्वर मन्दिरलाई प्रदान गरिएको हाे ।

विक्रम सम्वत १९८८ सालमा साविक धर्नामा जन्मनुभएका रण बहादुर शाह र उहाँकी धर्मपत्नी अम्बिका शाहकाे सम्झनामा स्थापित गुठीले याे पुरस्कारसँगै विभिन्न विद्यालय तथा सामाजिक क्षेत्रमा समेत सहयाेग गर्दै आएकाे छ । पछिल्लो समयमा धारपानीमा भैरहेकाे विकास तथा धार्मिक क्रियाकलाप देश तथा विदेशमासमेत चर्चा हुन थालेकाे र यसले धार्मिक तथा पर्यटन पर्वद्धनमा ठुलाे टेवा पुगेकाे छ ।

जसकाे फलस्वरूप मन्दिरले पहिलाे पटक यति ठुलाे धनराशीकाे पुरस्कार प्राप्त गर्न सफल भएकाे मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?