मुगु । पाटनमा सिकिस्त विरामी भई मुगु गाउँतर्फ ल्याउँदै गरेका थप १ जना संकलकको मृत्यु भएको छ ।
शनिवार दिउँसो ठूलो कोइकी पाटनबाट मुगु गाउँतर्फ ल्याउँदै गरेका छायानाथ रारा नगरपालिका वडा १२ का राज बहादुर सावतको बाटोमै मृत्यु भएको हो ।
यसअघि लेख लागेका मुगु गाउँ पुर्याइएका सोही नगरपालिका सोही वडा शोभा गाउका वर्ष १९ का मन बहादुर बुढा र कम्फा गाउँका २१ वर्षिय शोभान बुढाको मृत्यु भएको थियो ।
राज बहादुर सावतको मृत्युसङ्गै यासा टिप्न गएर लेख लाग्दा मृत्यु हुनेको संख्या ३ पुगेको छ । तिनै जना छायानाथ रारा नगर पालिका वडा न १२ का स्थानिय युवा हुन् ।
राज बहादुर सावतको मृत्युबारे प्रहरीले सिकिस्त भएर बाटोमा ल्याउँदै गरेको बताएपनि कम्फा गाउाका स्थानिय गोर्ख नेपालीले सामाजिक सन्जाल फेसबुकमा मृत्यु भएको जानकारी दिनु भएको छ ।
सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोन मार्फत मृत्यु बारे जानकारी गराउनु भएको हो ।
उच्च हिमाली पाटनमा पाइने बहुमुल्य, बहुउपयोगी यार्सागुम्वा टिप्नका लागि पाटन पुगेका मध्ये आधा दर्जन संकलकहरुको लेख लागेर,पेट दुखेर,लडेर,हिउँ पहिरोमा परेर मृत्यु हुने गरेको छ ।
गत वर्ष यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका ३ जनाको हिउँ पहिरोमा परेर र १ जनाको खोला खसेर मृत्यु भएको थियो ।
पाटनमा सुरक्षा टोली र स्वास्थ्य टोलि निश्चित ठाउमा बस्ने तर संकलकहरु दिन टाढाका पाटनहरुमा पुग्ने भएकाले विरामी पर्दा उपचार सेवा लिन र दिन समस्या हुने गरेको छ ।
मुगुका २ दर्जन बढी पाटन क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ्ग गाउपालिकाले गत १५ गते मात्र वन पाटन प्रवेश खुल्ला गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच