भोजपुर । जिल्ला भोजपुरमा संचालन भएको एक दिने स्वास्थ्य शिविरमा तीन सय बढी व्यक्तिले उपचार सेवा पाएका छन् ।
शनिवार भोजपुर नगरपालिका वडा नम्वर ७ मा रहेको समता आधारभुत बिद्यालयमा फरवार्ड माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड भोजपुरले आयोजना गरेको शिविरमा तीन सय ५० जनाले स्वास्थ्य सेवा पाएको आयोजक संस्थाका प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो । युनिभर्सल यूथ ग्रुप उर्लावारी मोरङको प्राबिधिक सहयोगमा बिशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य जाँच गरिएको ग्रुपका हेल्थ कोअर्डिनेटर पवन न्यौपानेले बताउनुभयो । शिविरमा बिभिन्न रोगका साथै पाइल्स, फिस्टुला, हाइड्रोसिल, शरिरमा निस्किएको गाठागुठी लगायतको निःशुल्क चेकजाँच गरिएको थियो ।
शिविरमा महिलारोग बिशेषज्ञ डा. मनोज कुमार चौधरी, बरिष्ठ फिजिसियन डा. राजु चापागाई र जेनेरल सर्जन डा. प्रदिप कुमार यादवबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
शिविरको उदघाटन गर्दे भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले दुर्गम जिल्लाका नागरिकका लागि संचालन गरिएको सेवा प्रभावकारी हुने बताउँदै यस्ता शिविरहरुमा भोजपुरे नागरिकले उचित सेवा लिन सक्नु पर्ने बताउनुभयो ।
फरवार्ड माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडका कोशी प्रदेशका शोभा बरालले संस्थाले संचालन गरेका कार्यक्रमहरुका बारेमा जानकारी दिनु हुँदै २०५२ सालमा स्थापना भएको संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु गर्दे आई रहेको बताउनुभयो । सात प्रदेशका ४२ वटा जिल्लाहरुमा अहिले संस्थाका गतिबिधि हुँदै आएको बरालले बताउनुभयो ।
सहयोगी संस्था युनिभर्सल यूथ ग्रुपका अध्यक्ष सुनिल धिमालले स्वास्थ्यका क्षेत्रमा फरवार्डसँग मिलेर काम गर्दे आई रहेको बताउनुभयो । उहाँले अन्य बिभिन्न जिल्लाहरुमा समेत स्वास्थ्य शिविरहरु संचालन भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच