स्याङ्जा । स्याङ्जाको फेदीखोलामा तिन दिने माइन्युट तथा प्रस्ताव लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिममा माइन्युट लेखन तथा प्रस्ताव लेखनका विषयमा प्रशिक्षार्थीहरुलाई तालिम दिइएको थियो ।
गाउँपालिका वडा नं १ मा रहेको कुविण्डे समाज घरमा सञ्चालित उक्त तालिमको उद्घाटन गर्दै वडा नं १ का वडाध्यक्ष अमृत क्षेत्रीले ससाना संस्थाका बैठक तथा विभिन्न विकासका कामहरुमा माइन्युट लेखन तथा प्रस्ताव लेखन आवश्यक भइरहने हुनाले सरोकारवालाहरुका लागि तालिम आयोजना गरिएको बताउनुभयो ।
जेठ १६, १७ र १८ गरी तिन दिन सञ्चालित उक्त तालिमको उद्घाटन कार्यक्रममा वडा सदस्य खिमबहादुर कुँवर, ख्यामबहादुर खड्का, टोल अध्यक्ष रमेश केसी, स्वाभिमान अङ्ग्रेजी बोडिङका प्रिन्सिपल महेन्द्र थापा लगायतले बोल्नुभएको थियो ।
क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत आयोजित तालिमको समापनमा प्रमुख अतिथि काङ्ग्रेस स्याङ्जाका निवर्तमान सभापति बुद्धिबहादुर राना कुमारले तालिम व्यावहारिक र उपयोगी रहेको बताउँदै तालिमबाट सिकेका कुरा व्यवहारमा कत्तिको प्रयोग हुन्छन् भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
मट्टीखान जेन्टलमेन क्लबको आयोजना र फेदीखोला वडा नं १ को समन्वयमा भएको उक्त कार्यक्रममा आमा समूह, विभिन्न क्लब, पर्यटक स्कुल, बालगृह, विभिन्न विद्यालयका विद्यार्थी आदि गरी करिब ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको वडाध्यक्ष अमृत क्षेत्रीले जानकारी दिनुभयो । उक्त तालिमपछि बोल्दै सहभागीहरुले तालिमबाट माइन्युट लेख्न तथा विभिन्न प्रस्ताव लेख्न सिकेको बताए ।
मट्टीखान क्लबका अध्यक्ष दिपेश क्षेत्रीको सभापतित्वमा भएको उक्त तालिमको प्रमुख प्रशिक्षकमा बलराम तिमिल्सिना हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन क्लबका सदस्य दीपक क्षेत्रीले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच