काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले शनिबार कञ्चनपुर, बोडगाउँ, कञ्चन, रामापुर, गोबरैया, बेलाशपुर बान्डुसेन शाखामार्फत् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस महिनामा उक्त कार्यक्रम आयोजना गरेको हो ।
समुदायस्तरमा रहेका सदस्यलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्च विश्लेषण गर्न, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापनलगायतमा चेतना वृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको र महिला दिदीबहिनीमा र विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कलुवापुर उपप्रदेशअन्तर्गत रौलेश्व मावि चवन्नीबजारका ६८ बढी विद्यार्थी तथा कञ्चन, रामापुर, गोबरैया, बेलाशपुर, बान्डुसेन, कञ्चनपुरअन्तर्गतका एक सय ८६ महिलालाई वित्तीय साक्षरता प्रदान गरिएको संस्थाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच