ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजविराज । सप्तरीको कञ्चनपुर राजविराज हुलाकी राजमार्ग सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जनाभन्दा बढी घाइते भएका छन् ।

शनिवार बेलुका करिव ७ :३० बजेको समयमा हुलाकी सडक भएर राजविराज तर्फबाट आँप लिए कञ्चनपुर आउँदै गरेको अवस्थामा स.१त. ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना भएकाे थियाे । दुर्घटनामा घटनास्थलमै २ जनाको मृत्यु भएको र २३ जना भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ ।

घटनामा मृतकहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारार्थ तत्काल कञ्चनरूप स्थित धर्मेश्वर हस्पिटलमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

घाईते मध्ये केहीको अवस्था गम्भिर रहेकोले थप उपचारका लागि विराटनगर पठाउने तयारी भैरहेको धर्मेश्वर हस्पिटलले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?