बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो : सांसद बैरागी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद दामोदर पौडेल बैरागीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद बैरागीले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गरेपनि सो अनुसारको बजेटको व्यवस्था नभएको बताउनु भयो । उहाँले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले पोखरा पर्यटकीय राजधानी बन्द कि बन्दैन ? भन्ने प्रश्न उठाएको पनि बताउनु भयो । सांसद बैरागीले बजेटमा निर्वाचन क्षेत्र रणनीतिक योजनाहरु कटौति गरिएको भन्दै आपत्ति समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पोखरालाई पर्यटकको राजधानी घोषणा गरिएको छ । तर अहिलेको बजेटमा पोखरा पर्यटकको राजधानी बन्छ कि बन्दैन ? भन्ने पश्न उठेको छ । वर्षा सुरु भएको छ । धेरै ठाउँमा असिना, पानीले, बाढी पहिरोले समस्या भइराखेको छ । र त्यो विपद् व्यवस्थापन गर्नेतर्फ हामी सबैको ध्यान जान जरुरी छ । सरकारी अस्पतालको बिस्तारमा बजेटको कमी छ । निर्वाचन क्षेत्रका रणनीतिक योजनाका कार्यक्रम बजेटमा कटौति गरिएको छ । यी र यस्ता धेरै कमीहरु बजेटमा रहेका छन् । ’

सांसद बैरागीले बाढी, पहिरो र असिनासहितको वर्षाले क्षति पुर्‍याउने काम शुरु गरेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनमा ध्यान दिन पनि सरकारलाई सचेत गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?