काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
विद्यालयको पर्खाल निर्माणकार्य सम्पन्न पश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु एक लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । यस्तै, आयोगको टोलीले रु एक लाख ७५ हजार बराबरको चेकसमेत नियन्त्रणमा लिएको थियो ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, प्रतिवादी रमेशप्रसाद चौधरी र गुरुदेव यादवविरुद्ध समान रु दुई लाख ७५ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच