इलाम । इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।
इलामको लारूम्बाबाट दमक जाँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिनुभयो ।
'जिपमा कति जना सवार भन्नेबारे यकिन भएको छैन ।अहिलेसम्म २ जनाको शव फेला परेको छ,’ उहाँले भन्नुभयो। बच्चाको र महिलाको शव फेला परेको उहाँले बताउनु भयो ।
उनीहरूको नाम र वतन खुल्न सकेको छैन। गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच