काठमाडौं । आज मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।
मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।
गणेश भगवानको मूर्ति वा फोटो कुन दिशामा राख्ने ?
भगवान गणेशको स्थापना दक्षिण दिशामा गर्नु उत्तम हुन्छ । दक्षिण दिशाबाट उत्तर तिर फर्काएर राख्दा गणेश भगवान को मुख हिमालए पर्बत् तिर पर्छ जहाँ भगवान शिव र माता पार्वती बस्नुहुन्छ तेस्कारण गणेश भगवान को मुर्ती दक्षिण दिशा मा राख्नुपर्छ ।
पश्चिम दिशामा गणेश भगवान को मुर्ती कहिल्यै राख्न हुँदैन किनकी पश्चिम दिशा को स्वामी शनि हो भने गणेश भगवान मंगलको प्रतिक हो ।
मंगल अग्नी तत्व प्रधान हो भने शनि बायु तत्व प्रधान तेसैले आगो र हावा को सम्बन्ध कहिल्यै राम्रो नहुने हुनाले गणेश भगवान को मुर्ती पश्चिम दिशामा राख्न हुँदैन ।
जुन घरमा पश्चिम दिशा मा गणेश भगवान को मुर्ती राखिएको हुन्छ त्यहाँ सधैं मानसिक तनाब मात्र प्राप्त हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच