![अष्ट्रेलियाको सडक अनुशासन](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Prof.-Devi-Bhakta-Dhakal-Hita-fornt-page.jpg)
झापा । भारत बेंग्लोरको यलहंकास्थित एक घरमा आगलागी हुँदा एकै परिवारका पाँचजना नेपालीको मृत्यु भएको छ ।
बझाङ जयपृथ्वी नगरपालिका– ११ का ३२ वर्षीय मदन बोहरा , उहाँको श्रीमती ३० वर्षीया प्रेमजला उहाँहरुका सन्तान ११ वर्षीया छोरी निता र आठ वर्षीया अनिता हुनुहुन्छ । चार वर्षीय छोरा प्रशान्त को पनि मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
आगलागीको स्पष्ट समय खुलाइएको छैन । बोहरा परिवार कहिलेदेखि के काम गरेर त्यहाँ बसेको थियोे त्यो पनि स्पष्ट भएको छैन । आगलागी खाना पकाउने क्रममा ग्यास लिक भएर भएको उल्लेख छ ।
घटनाका बारेमा भारतका लागि नेपाली राजदूत शंकर शर्माले स्थानीय प्रहरीसँगको समन्वयमा नेपालमा रहेको बोहरा परिवारलाई खबर पठाइएको तर सम्पर्कमा आइनसकेको भारती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बेंग्लोरमा रहेको नेपाली समुदाय र राजदूतावासको पहलमा शवको व्यवस्थापनको कार्य अगाडि बढाइएको जनाइएको छ ।
![सत्ताघटक रिझाउनमै व्यस्त प्रधानमन्त्री](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/prime-minister-is-busy-in-placating-the-ruling-party-Hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच