अव लोकतन्त्र मात्र होइन, सामाजिक र आर्थिक लोकतन्त्र आवश्यक : यादव

हिमालय टाइम्स
Read Time = 3 mins

-पुरन साह

महोतरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक लोकतन्त्रले मात्र मुलुकको आमूल परिवर्तन सम्भव नरहेकाले अव सामाजिक र आर्थिक लोकतन्त्र आवश्यक रहेको बताउनुभयो ।

जसपा मधेश प्रदेश समितिले शुक्रबार बर्दिवासमा आयोजना गरेको स्थानीय तहमा नवनिर्वाचित प्रमुख÷उपप्रमुखहरूको सम्मान कार्यक्रममा अध्यक्ष यादवले मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि आमूल परिवर्तनका लागी थप संघर्षको आवश्यकता रहेको बताउनुभयो । उहाँले राजनीतिक लोकतन्त्रको स्थापनाले राजनीतिक परिवर्तन ल्याएको तर आर्थिक र सामाजिक परिवर्तनका लागि अझै संघर्ष गर्नु पर्ने बताउनुभयो ।

सामाजिक लोकतन्त्र र आर्थिक लोकतन्त्र विना मुलुकको आमूल परिवर्तन सम्भव नरहेको उल्लेख गर्नु हुँदै उहाँले अबको पार्टीको कार्यदिशानै सामाजिक र आर्थिक लोकतन्त्र हुने बताउनुभयो ।

समाजको मुलधार भन्दा बाहिर रहेको समुदायलाई मुलधारमा ल्याउन सामाजिक लोकतन्त्र र आर्थिक समानता कायम गर्न आर्थिक लोकतन्त्र आवश्यक रहेको उहाँको कथन थियो । वर्तमान निर्वाचन प्रणालीले राजनीतिक लोकततन्त्रलाई विकृत बनाई रहेको उल्लेख गर्नु हुदै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली, पूर्ण समानुपातिक संसदीय निर्वाचन र दलविहिन स्थानिय तह आजको मुल आवश्यकता रहेको बताउनुभयो ।

जसपा प्रदेश अध्यक्ष रामबाबु यादवको अध्यक्षमा भएको उक्त कार्यक्रममा प्रदेश कमिटीका उपाध्यक्ष शम्भु झा, रामपृत पासवान, लिला हरी खतिवडा सहितले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा नेताहरू रामअशिष यादव, बलराम महतो, दिपक कार्कीसहित केन्द्रिय, प्रदेश र जिल्लाका नेताहरु सहितको उपस्थिती थियो भने जसपाको तर्फ बाट मधेश प्रदेशमा नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख तथा गा.पा. अध्यक्ष/उपाध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?