हरिवनमा ट्राफिक प्रहरी बिट र सिसि क्यामेरा उद्घाटन

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका स्थित पुर्व-पश्चिम लोकमार्गमा निर्माण भएको प्रहरी बिट र सिसि क्यामेरा उद्घाटन गरिएको छ । एक औपचारिक कार्यक्रमका विच हरिवन नगरपालिका-११, कडरिया चोकमा निर्माण भएको ट्राफिक प्रहरी बिटको औपचारिक उद्घाटन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यतामा ट्राफिक प्रहरी बिट उद्घाटन गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । हरिवन नगरपालिकाले निर्माण गरि दिएको ट्राफिक प्रहरी बिट उद्घाटन संगै प्रहरीलाई हस्तान्तरण गरिएको नगरपालिकाका प्रशासकिय प्रमुख देवेन्द्र सापकोटाले जानकारी दिनुभयाे । औपचारिक कार्यक्रम हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी (कमल) को अध्यक्षतामा सम्पन्न भएको थियो ।

नगर क्षेत्र भित्र पर्ने पुर्व-पश्चिम लोकमार्गमा सवारी निगरानीको लागि जडान गरिएको सिसि टिभि क्यामेरा पनि उद्घाटन गरिएको हरिवन नगरपालिकाले जनाएको हो । राजमार्ग क्षेत्रको नयारोड स्थित काटा र हरिवन स्थित कडरिया चोकमा दुई थान अत्याधुनिक र अन्य २५ स्थानमा उच्च गुणस्तरको गरी २७ स्थानमा सिसि क्यामेरा जडान गरिएको छ । सिसि क्यामेरा जडानले सवारी सम्बन्धी विभिन्न घटना तथा दुर्घटनाको अनुसन्धान तथा निगरानी र नगरमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने एक प्रहरी अधिकारीले बताए ।

कार्यक्रममा नगरकी उपमेयर हरिमाया घलान, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, जिल्ला प्रहरीका एसपी रविन्द्र बहादुर सिंह सशस्त्र प्रहरीका एसपी बिनोद राज खनाल, हरिवन नगरपालिका-११, का वडाध्यक्ष शेष मेहबुब रेजा, जनप्रतिनिधिहरु, विभिन्न कार्यलयका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?