![पूर्वउपप्रधानमन्त्री सिंह उपचारपछि स्वदेश फिर्ता](https://ehimalayatimes.com/wp-content/uploads/2022/10/Prakash-Man-SIngh.jpg)
नवलपरासी । पश्चिम नवलपरासीमा गत बिहिवार आएको हावाहुरीका कारण अवरुद्ध विद्युत सेवा अझै पनि पुर्ण रुपमा सुचारु हुन सकेको छैन् । सरावल र बर्दघाटका विभिन्न स्थानमा विद्युत सेवा अझै सुचारु हुन नसक्दा जनजिवन कष्टकर भएको छ । गर्मीकाे समयमा ५ दिनसम्म विद्युत अवरुद्ध हुँदा स्थानियले सास्ती व्यहोर्न बाध्य भएका छन् ।
धेरै स्थानमा पोल ढलेका कारण अझै पनि पोल गाड्ने र तार तान्ने काम भईरहेपनि पुरा हुन नसकेको विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त कुमार झाले बताउनुभयो । भोलिसम्ममा सबै स्थानमा विद्युत प्रवाह हुने उहाँको भनाई छ । तर लामो समय सम्म विद्युत अवरुद्ध हुने पनि प्राधिकरणले छिटो विद्युत सुचारु गर्न तदारुकता नदेखाएको भन्दै स्थानिय आक्रोशित भएका छन् । सरावल २ का मधु तिम्लसेनाले विद्युतका कर्मचारीले हदै सम्मको लापरवाही गरेको गुनासो गर्नुभयो । कहिले एउटा कहिले दुई ओटा पोल गाडेर जाने, समयमै काम सक्न कुनै चासो नदिएका कारण ६ दिनदेखि अन्धकारमा बस्नुपरेको तिम्लसेनाको भनाई छ ।
'यो गर्मीमा बालबच्चा वृद्धवृद्धा सबैलाई कति कठिन भयो होला', उहाँले भन्नुभयो । दुई दिन भित्रै लाईन सुचारु गर्न सकिने भएपनि प्राधिकरणको लापरवाहीले गर्दा काम पुरा नभएको उहाँको दाबी छ । बर्दघाटका केहि स्थानमा पनि विद्युत डिम आएका कारण समस्या भएको स्थानियले बताएका छन् । बर्दघाट वितरण केन्द्रले फेरि पनि आएको हावाहुरीका कारण समयमै काम पुरा गर्न नसकिएको बताएको छ ।
यता विद्युत प्राधिकरण परासी वितरण केन्द्रले भने सबै स्थानमा विद्युत प्रवाह भईसकेको जनाएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा ढलेका पोल गाडेर विद्युत सेवा सुचारु गरिएको परासी वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिनुभयो ।
विहिवारको तिव्र गतिको हावाहुरीका कारण रामग्राम, सुनवल, सरावल, बर्दघाट, प्रतापपुर लगायतका स्थानमा १ सय २६ ओटा पोल ढलेका थिए भने विभिन्न स्थानका ट्रान्सर्फमरमा पनि क्षती पुगेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच