चुरे संरक्षण अभियानमा काँग्रेस नेता महरको ऐक्यवद्धता, सरकारले ध्यान नदिएको आरोप

काठमाडाैं । चुरे तथा वनजंगल संरक्षणका लागि सप्तरीबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं आएका नागरिकहरुले सरकारले चुरे संरक्षणमा राज्यले बेवास्था गरेको आरोप लगाएका छन् ।

१४ दिन यता काठमाडौं लक्षित आन्दोन गरिरहेका उनीहरुले अहिलेसम्म सरकारले कुनै चासो नदिएको गुनासो गरे । माईतीघरमा बुधवार आन्दोलनका क्रममा उनीहरुले विश्व वातावरण दिवसको दिन सरकार र राजनीतिक दलका नेताहरुले विभिन्न प्रतिवद्धता जनाएपनि झुटो मात्रै भएको बताए । वातावरणको संरक्षण गर्नुपर्छ भन्ने तर चुरे संरक्षणका लागि १४ दिन यता काठमाडौंमा प्रदर्शन गरिरको प्रदर्शनकारीहरुको आवाज सरकारले नसुनेको बताए ।

उनीहरुले स्थानीय तह, प्रदेश सरकार र केन्द्रिय सरकारलाई चुरे संरक्षण्का लागि बारम्बार आग्रह गरेको भएपनि सरकारले आफूहरुको आवाज नसुनेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले बताउनु भयो । उहाँले चुरे तथा वन जंगल संरक्षण अभियान एक जनाको मात्रै अभियान नभएकाले सबै मिलेर चुरे संरक्षणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले प्राकृतिक श्रोत साधनको संरक्षणका निम्ति आवाज उठाउने नागरिकहरुको आवाज सरकारले नसुनेको बताउनु भयो । राज्यले एकातिर प्राकृतिक सम्पदाको संरक्षणको कुरा गर्ने र अर्कोतिर चुरे संरक्षणका लागि आवाज उठाउनेहरुको आवाज नसुन्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुरे तथा वन जंगल संरक्षण अभियान एक जनाको मात्रै अभियान होइन । हामी प्राकृतिक श्रोत साधनको संरक्षणका निम्ति आवाज उठाइरहेका छौँ । हामी २५ दिनको हिँडाइ र १४ दिनको बसाईले हामी दुःखमा छौँ । राज्य प्राकृतिक श्रोत तथा संरक्षणको कुरा आफैँ गर्दछ, सरकारमा रहेकाहरु कतै न कतै दिवस मनाइरहनुभएको छ । तर हामीलाई साथ दिनुभएको छैन । जबकी कुरा यही हो । कस्तो मान्छे सत्तामा बसेको छ । हामीले भनेको कुरा के नमिल्दो छ । आम जनताले कुरा उठाउँमा सरकारबाट कोही पनि प्रतिनिधि पनि आएको छैन । उहाँहरुको दायित्व होइन यो । राज्यले दोहोरो चरित्र देखाएको छ । चुरे संरक्षणका लागि बजेट उठाएर कार्यकर्ता पाल्ने तर जनताको आवाज नसुन्ने छ ।’

चुरे तथा वन जंगल संरक्षण अभियानको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले चुरे संरक्षणका लागि आन्दोलनरत पक्षहरुको आवाज सरकारले नसुन्नु दुःखको कुरा भएको बताउनु भयो । उहाँले पर्यावरण, जलवायुु परिवर्तनकाबारेमा कोही पनि संसदमा नबोल्नु र सरकारले बेवास्ता गर्नु दुःदको विषय भएको बताउनु भयो । उहाँले चुरे दोहन गर्नका लागि बजेट ल्याइने तर संरक्षणका लागि केही नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुरे संरक्षणका लागि सप्पतरीबाट २५ दिन हिँडेर काठमाडौं आउनु भयो । उहाँहरुले तीन तहकै सरकारलाई जानकारी दिनुभएको थियो । उहाँहरुले १४ दिनसम्म धर्नामा बस्दा पनि सरकार सुनिरहेको छैन । सरकार र सबै पार्टीका सांसदहरुले पनि सुन्नुभएन । पर्यावरण, जलवायुु परिवर्तनकाबारेमा कोही पनि संसदमा बोलेनन् । चुरे दोहन गर्नका लागि बजेट ल्याइन्छ बरु तर संरक्षण गर्न केही छैन ।’

उनीहरुले सरकारले वातावरण दिवसको दिन नै चुरे संरक्षणकर्मीहरुको आवाज नसुनी भाषणामा सिमित हुने काम गरेको बताए । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल, सरकारका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुको फोटो प्ललेकार्डमा राखेर सरकार र नेताहरु हराएको सांकेतिक बिरोध गरेका छन् । उनीहरुले २५ दिन हिँडेर, १४ दिन धर्नामा, सरकार कता ? भन्ने जस्ता प्लेकार्डह बोकेर बिरोध जनएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?