नयाँदिल्ली । लोकसभा चुनाव २०२४ को नतिजा सार्वजनिक भएपछि भारतमा नयाँ सरकार गठनको प्रयास तीब्र भएको छ ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा दिनुभएको छ । राजीनामासँगै प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद् विघटन गर्न सिफारिस गर्नुभएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
लोकसभा चुनावको नतिजा आएको छ। भारतीय जनता पार्टी ९भाजपा० नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए०ले तेस्रो पटक बहुमत ल्याएको छ ।
लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ । यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो। भाजपा नेतृत्वको गठबन्धन एनडीएले प्राप्त गरेको २९२ सिटको आधारमा बहुमत जुटाउने कसरत भइरहेको छ । ।
नतिजा आएपछि अहिले सरकार गठनको प्रयासका लागि प्रधानमन्त्रीले राजीनामा दिनुभएको हो । एकातिर भाजपा आफ्ना सहयोगीहरूसँग वार्तामा छ भने अर्कोतर्फ विपक्षी ब्लक पनि सक्रिय भएको छ ।
जेडीयू र टीडीपीले आज दिल्लीमा बीजेपीलाई समर्थनको पत्र बुझाउनेछन्, त्यसपछि भाजपाले सरकार गठनको दावी गर्न सक्छ। एनडीए गठबन्धन र इन्डिया ब्लकले पनि आफ्ना सहयोगीहरूको बैठक बोलाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच