भोजपुरमा फोटोसहितको मतदाता नामावली संकलन सुरु

Read Time = 2 mins

भोजपुर । जिल्ला निर्वाचन कार्यालय भोजपुरले फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधीक कार्य सुचारु गरेको छ ।

गत २०७८ पुस २५ गतेबाट स्थगित गरिएको मतदाता नामावली संकलन तथा अद्यावधीक कार्य आयोगको कार्यक्रम अनुसार पुन सुचारु भएको हो ।

जिल्ला निर्वाचन अधिकारी टोपलाल भुसालका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र षडानन्द नगरपालिकाको केन्द्र दिंलामा रहेको इलाका प्रशासन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन तथा अद्यावधीक गर्ने कार्य हुने छ । 'पेशा ब्यवसायका कारण कुनै एक जिल्लामा बसोवास गरि रहेको तर स्थायी ठेगाना अन्य जिल्लामा रहेको भएपनि निर्वाचन कार्यालयबाट नामावली संकलन गर्न सकिने छ ।'

जिल्ला निर्वाचन अधिकारी भुसालले भन्नुभयो, २०७३ माघ २० भन्दा अगाडी दर्ता भई नागरिकतामा उल्लेखित ठेगाना भन्दा फरक ठेगानामा मतदाता नामावलीमा नाम भएका ब्यत्तिहरुले समेत नागरिकताका आधारमा बिवरण सच्याउन पाउने छन् ।

मतदाता नामावलीमा झुटो बिवरण पेश गरेमा पाईएमा निजको नाम हटाउन समेत कुनै पनि व्यक्तिले प्रमाण सहित जिल्ला निर्वाचन कार्यालयमा उजुरी समेत दिन सक्ने छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?