माओवादी केन्द्रको बैठक सर्‍यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सरेको छ । माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

तर, बुधबार संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि नेताहरूले राखेका जिज्ञासाको पार्टी अध्यक्षले जवाफ दिने कार्यतालिका थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?