सामाजिक अगुवा दिनबन्धुले ९१ हजार तिरिदिएसँगै झापा कारागारका नैजना कैदी कैदमुक्त

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 2 mins

झापा । अदालत तोकेको सामान्य धरौटी बुझाउन नसकेर कारागारमा बन्दी जीवन बिताइरहेका नौ जनाको रकम झापाका एक व्यक्तिले तिरिदिएर उनीहरूलाई कैदमुक्त गराउनु भएको छ ।

झापा भद्रपुरका सामाजिक अगुवा दिनबन्धु गोयलले सम्बन्धित निकायमा तोकिएको जरिवाना तिरिदिएर उनीहरूलाई कारागार मुक्त गराउनु भएको हो ।

गोयलले पाँच हजार रुपैयाँदेखि २० हजारसम्म तिर्न नसकेका झापाका विभिन्न पालिकाका नौ जनाको रकम तिरिदिएको झापा कारागार प्रमुख रेवन्त भट्टराईले जानकारी दिनुभयो । गोयलले ९१ हजार रुपैयाँ तिरिदिनु भएको हो ।

विभिन्न अभियोगमा दोषी ठहर भइ अदालतले बिजोजरिवाना तोकेका व्यक्तिहरूको पैसा गोयलले तिरिदिएपछि उनीहरू सामान्य जीवन फर्कने वातावरणमा बनेको छ । व्यक्तिको गोपनियता र समाजमा घुलमिल हुन सजिलो होस् भनेर त्यसरी जेलमुक्त भएकाको नाम भने गोप्य राखिएको छ ।

झापा बारका पूर्वअध्यक्ष अधिवक्ता सुरज खत्री, वैतनिक अधिवक्ता तारा बाह्रकोटी , नेपाल प्रेस युनियन झापा उपाध्यक्ष इश्वर अधिकारी, उद्योगी व्यवसायी विनय गोयल, दिपेश ढकाललगायतको रोहवरमा उनीहरूलाई जेलमुक्त गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?