![बैतडीको पाटनका तीनओटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/baby-warmar.jpg)
काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका लगायतका ११ देशका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
यी देशमा कांग्रेस-माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए ।
फिर्ता हुनेमा भारतका शंकर शर्मा, अमेरिकाका श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्यसमेत छन् । सञ्चारमन्त्री रेखा शर्माका अनुसार अमेरिका, भारत, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो ।
फिर्ता बोलाउन लागेका राजदूतहरु अधिकांश कांग्रेस कोटाका राजदूत छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच