![सिजीको नयाँ सिलिङ फ्यान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/CG-FAN.jpg)
काठमाडौं । दराज नेपालले ‘६.६ मिड-इयर सेल’ कोे घोषणा गरेको छ । ६.६ मिड-इयर सेलमार्फत् उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, दुर्ई करोड रुपैयाँको मेगा भाउचरलगायत अफर प्राप्त गर्न सक्नेछन् । दराज ६.६ मिड-इयर सेल जेठ ३० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
दराज ६.६ मिड-इयर सेलको प्रमुख आकर्षणमा विभिन्न बिक्रेतामार्फत् खरिदकर्ताले अफर दिइएका सामग्री खरिदका लागि न्यूनतम चार सय ९९ रुपैयाँ खर्च गरेपछि निःशुल्क होम डेलिभरी सुविधा लिन सक्ने रहेको छ । कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको फ्री डेलिभरी ब्यानरमा क्लिक गरी भाउचर संकलन गर्ने सुविधा पनि उपलब्ध हुनेछ । सबै मेगा डिलमा समावेश उत्पादनमा कुनै न्यूनतम खर्च सीमाबिना पनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछ ।
उपभोक्ताको सपिङ अनुभव अझ सन्तोषजनक बनाउने उद्देश्यसाथ दराजले ‘बेस्ट प्राइस ग्यारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको थियो । कार्यक्रमअन्तर्गत उपभोक्ताले ‘बेस्ट प्राइस (उत्तम मूल्य) ट्याग’ साथ बिक्रीका लागि राखिएका उत्पादन बजारका तुलनामा सर्वाधिक सस्तो मूल्यमा खरिद गर्न सक्ने वाचा गरिएको छ ।
६.६ मिड-इयर सेल अवधिभर खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्लेटफर्ममार्फत् दराजले ‘बेस्ट प्राइस ट्याग’ उपलब्ध गराएको सामग्री, सोभन्दा सस्तो मूल्यमा फेला पार्न सके र दाबी मान्य भएमा खरिदकर्ताले निर्धारित मूल्यको पाँच गुणा रकम फिर्ता पाउने दराजले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच