न्यूयोर्क । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रूपमा त्यहाँका सर्वसाधारण नागरिकमाथि भइरहेका हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को मंगलबारको बैठकले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सो बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि नै लक्ष्य गरेर हिंसात्मक आक्रमणका घटना हुनु दुःखद् भएको जनाएको हो ।
पछिल्ला हप्ताहरूमा हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणले यहाँका सर्वसाधारण नागरिकलाई लक्ष्य बनाएको भन्दै यसप्रति सुरक्षा परिषद्ले चिन्ता व्यक्त गरेको छ । सो परिषद्ले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानमा मजार ए शरिफमा रहेको मस्जिदमा गत बिहीबार गरिएको हमलाका साथै अन्य आक्रमण हुँदा कैयौं नागरिकको ज्यान गएको घटनाको निन्दा गरिएको थियो ।
साथै सो विज्ञप्तिमा गत शुक्रबार कुन्दुजमा दुई बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो घटनाको निन्दा गरिएको छ । अफगानिस्तानमा जारी रहेका यी आतंककारी हमलाहरूको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले निन्दा गर्दै यस्ता हमलाका दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । (रासस/सिन्हृवा)







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं