वेस्ट इन्डिजमाथि न्युजिल्यान्डको फराकिलो जित

Read Time = 3 mins

लन्डन । न्युजिल्यान्डले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली वेस्ट इन्डिजमाथि ९० रनको फराकिलो जित हात पारेको छ । योसँगै तीन टी-२० आई खेलको सिरिजमा न्युजिल्यान्डले एक खेलअगावै जितेको छ । जितका लागि २१६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२५ रनमात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका तल्लोक्रमका बलर ओबेद म्याककोय १५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २३ रनमा अविजित रहनुभयो ।

ओपनर काइल मेयर्स चार, शिम्रन हेटमायर १४, जेसन होल्डर ११, रोभम्यान पावेल २१, रोमारियो शेफर्ड १८, ओडेन स्मिथ नौ, कप्तान निकोलस पुरन र विकेटकिपर डेभन थोमस एक-एक रनमा आउट हुनुभयो । हेडन वाल्श जुनियर १० रनमा अविजित रहनुभयो ।
न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनारले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिनुभयो । माइकल ब्रेसवेलले चार ओभरमा एक मेडनसहित १५ रन खर्चेर तीन विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१५ रन बनायो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ४१ बलमा चार चौका र ६ छक्कासहित सर्वाधिक ७६ रन जोड्नुभयो । डर्याल मिचेल २० बलमा दुई चौका र चार छक्कासहित ४८ रनमा आउट हुनुभयो ।

ओपनर डेभन कन्वेले ३४ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ४२ रन बनाउनुभयो । ओपन मार्टिन गुप्टिल २० र केन विलियम्सन चार रनमा आउट हुनुभयो । वेस्ट इन्डिजका ओबेद म्याकोयले चार ओभरमा ४० रन खर्चेर तीन विकेट लिनुभयो । रोमारियो शेफर्ड र ओडेन स्मिथले एक–एक विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?