इण्डोनेसियाको इबु ज्वालामुखी फेरि बिस्फोट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । इण्डोनेसियाको हलमाहेरा टापुमा रहेको इबु ज्वालामुखी फेरि बिष्फोट भएको छ । ज्वालामुखीबाट निस्किएको खरानी शिखरभन्दा १ हजार मिटरसम्म उचाईमा पुगेको थियो । बिष्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो ।

विष्फोटले बाक्लो, खैरो खरानी र कालो बादलहरू उत्तरपश्चिममा उत्सर्जन गरेको छ । यो एक हप्ता भित्र ज्वालामुखीको पाँचौं बिष्फोट हो ।

ज्वालामुखीबाट चार किलोमिटर र क्रेटरको उत्तरमा सात किलोमिटर फैलिएको खतरा क्षेत्रबाट बाहिर रहन सल्लाहसहित गतिविधिमा उल्लेख्य वृद्धि भएकोले मे १६ देखि, इबु उच्च सतर्कता स्तरमा रहेको छ ।

प्यासिफिक रिङ अफ फायरमा अवस्थित इण्डोनेसियामा विश्वका धेरै ज्वालामुखीहरू छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?