मूल्यवृद्धिविरुद्ध लुभुका किसान सडकमा

Read Time = 4 mins

काठमाडौं । पेट्रलियम पदार्थको मूल्यवृद्धिविरुद्ध लुभुका किसान सडकमा उत्रिएका छन् । । पेट्रोलियम मूल्यवृद्धिका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै ललितपुरको लुभुका किसानले बिहीबार आयल निगम घेराउ गरेका हुन् ।

तत्काल मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् । किसान तथा समाजवादी कृषि आन्दोलनका संयोजक अमृत विकले किसानलाई मूल्यवृद्धिका कारण बाँच्न कठिन भएको भन्दै लड्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानलाई कहिल्यै पनि माथि उठ्न दिइएन, अहिले पनि माथि उठ्न नदिने प्रपञ्च निरन्तर छ, श्रमजीवीले समस्या भोग्नुपर्ने तर भ्रष्टाचारी र कमिसनखोरले आरामको जीवन बाँच्ने परिस्थितिसँग हामी डटेर लड्नेछौँ ।’

लघुवित्तपीडित पनि आन्दोलनमा
लघुवित्त संस्थाविरूद्वको संघर्ष समिति नेपालले लघुवित्त कम्पनी खारेजीको माग गर्दैै काठमाडौंमा विरोधसभा गर्ने भएको समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै लघुवित्त संस्थाको खारेजी नगरेसम्म आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । समितिले राजनीतिक दल, सरकार, मानव अधिकारवादी संघसंस्था, पत्रकार, बुद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मीलगायत सम्पूर्ण देश र विदेशमा रहने सबैको आर्थिक, नैतिक र भौतिक समर्थन र सहयोगका लागि आग्रह गरेको छ ।

समितिले गत फागुन ५ गतेदेखि लघुवित्तका सबै बैठक बहिस्कार गर्र्दै लघुवित्तविरुद्ध आन्दोलन सुरु गरेको छ । हालसम्म १० जिल्लामा आन्दोलनकै लागि संगठनसमेत विस्तार गरिएको जनाएको छ ।

लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण छुट गरिनुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋण उपलब्ध गराउनुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्दै समाजवादी अर्थतन्त्रको विकास गर्न समितिले माग गरेको छ ।
समितिका अध्यक्ष मणिराम ज्ञवालीले गत माघ १८ गते गुल्मीदरबार गाउँपालिका, फागुन ५ गते शिवराज नगरपालिकामा पाँचबुँदे मागपत्र पेश गरिसकेको जानकारी दिँदै ग्रामीण महिलाको हितका लागि आगामी असोज २५ गते काठमाडौंमा बृहत् विरोधसभा आयोजना गरिने बताउनुभयो ।

राष्ट्र बैंकले लघुवित्त सञ्चालन गरेर महिलालाई रोजगारी दिने र आर्थिकस्तर वृद्धि गर्ने उद्देश्य लिए पनि उद्देश्यअनुसार काम नभएको बरु ग्रामीण महिला उल्टै उत्पीडनमा परेको उहाँले बताउनुभयो । लघुवित्तमा संलग्न दुई प्रतिशत महिला विस्थापित र सयौं महिलाले आत्महत्या गरेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?