७६ हजार बढीले हेरे नाडा अटो शो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ सम्पन्न भएको छ । भृकुटीमण्डपमा सम्पन्न भएको नाडा अटो शो करिब ७६ हजार एक सयले अवलोकन गरेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले जनाएको छ । आयोजकका अनुसार धेरैै नयाँ ब्राण्डका सवारीसाधनका कारण मेलामा ठूलो भिड लागेको थियो । देशमा आर्थिक मन्दीका बाबजुद आयोजना गरिएको अटो शोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउनेछ । मेलामा उत्कृष्ट चारपांग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रालि(विवाइडी) प्रालिले जितेको छ भने उत्कृष्ट दुईपांग्रे सवारीसाधनतर्फको स्टल अग्नि मोटोनिक प्रालि (जावा) प्रालिले जितेको छ । लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल अवार्ड आयाम इन्टरनेसनल प्रालि (फोर्स मोटर्स) ले जितेको छ भने बेष्ट सपोर्टिङ स्टलको बेष्ट अवार्ड पौडेल इन्टरप्राइजेज(लिक्वी इमोली स्टुडोजले) जितेको नाडाले जनाएको छ ।

नाडा अटो शो २०२३ को सहप्रायोजक शिखर इन्स्योरेन्स, टिकेटिङ पार्टनर खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिंक रहेको थियो । थप आकर्षणमा याडिया इलेक्ट्रिक स्कुटरले लक्की ड्रमार्फत् एक भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्थासमेत थियो । जसअन्तर्गत डोरप्राइज पाउने टिकट नम्बर ९७३१ रहेको छ ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष डा. धु्रव थापा, निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, पूर्वअध्यक्ष सुनिल खेतान, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, जानकी अटोमोबाइल एसोसिएसनका निवर्तमान अध्यक्ष तेजनारायण शाह, लुम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले सो मेलामा सहभागी एक सय २० कम्पनीलाई क्रमशः मोमेण्टो वितरण गरेका थिए ।

छ दिनसम्म सञ्चालन भएको मेलामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलगायत विभिन्न मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले अवलोकन गरेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?