मध्य गाजामा इजरायली हवाई आक्रमण : २१० प्यालेस्टाइनीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । शनिवार मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा घातक आक्रमण हुँदा २१० जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । ट्याङ्क र हवाई आक्रमणहरूले शिविरलाई ध्वस्त पारेको बताइएको छ ।

आक्रमण्मा परी ४ सय भन्दा बढी घाइते भएका छन् । प्यालेस्टिनी मेडिकल रेकर्डका अनुसार भयानक आक्रमणमा मारिएका अधिकांश पीडितहरू थिए ।

मध्य गाजाको देइर अल-बालाहस्थित अल-अक्सा अस्पतालका निर्देशक खलिल अल-डाक्रानले नुसेइराट शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो संख्यामा घाइते प्यालेस्टाइनीहरूलाई अस्पताल पठाइएको थियो । जसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ ।

मुख्य आपतकालीन जेनेरेटर चलाउनका लागि ओछ्यान, औषधि, चिकित्सा उपभोग्य सामग्री र इन्धनको चरम अभावको बीचमा घाइते प्यालेस्टिनीहरूलाई अझै अस्पतालमा पठाइँदै थियो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?