ईश्वरपुर नगर भित्रका बालबालिकाको आँखा जाँच गरिने

हिमालय टाइम्स
Read Time = 3 mins

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका मित्र रहेका ३८ सामुदायिक विद्यालयका विद्यार्थी आँखा जाँच गरिने भएको छ ।

यस पालिका भित्र रहका सबै  विद्यालयलाई मिति तोकेर तालिका बनाएर आँखा जाँच गर्न लागिएको छ । माघ १४ देखि फागुन ०५ गते सम्म मिति तोकिएको छ । यसरी तोकिएको मितिमा नगर अस्पताल बयलवासमा सञ्चालन गरिएको आँखा उपचार केन्द्रमा बाल बालिकाको आँखा जाँच गरिन लागिएको हो ।

नेपाल नेत्र ज्याती संघ, भरपुर आँखा अस्पताल चितवन तथा ईशवरपुर नगरपालिकाको संयुत आयोजना हुन लागेको स्कुल स्क्रिनीङ कार्यक्रमको आज एक कार्यक्रमको बिच आँखा उपचार केन्द्र ईश्वरपुरका अध्यक्ष तथा नगर प्रमुख मनोज आचार्यले गर्नुभएको छ । कतिपय बाल बालिका लेख पढमा अवल भएपनि आँखाको समस्याले गर्दा उनीहरूको पढाईमा अपेक्षित नतिजा आउन समेत नसकिरहेको बेला यस्ता शिबिरले शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने नगर प्रमुख आचार्यको भनाई छ । यसरी आफ्नो ठाउँमा आएर सहज रूपमा आँखा जाँच गर्न पाउँदा बाल बालिकाको समस्याको बेलैमा सामाधान र्गन सहज हुने नगर उप प्रमुख रन्जितादेवी चौधरीले बताउनु भयो ।

यसबाट ३८ सामुदायिक  स्कुलका करिब १५ हजार बाल बालिकाको आँखा चेक गर्ने लक्ष्य रहेको आँखा उपचार केन्द्र ईश्वरपुरको उपाध्यक्ष प्रकाश मैनालीले बताउनु भयो । मैनालीका अनुसार उपचारको क्रममा बाल बालिकालाई चस्मा आवश्यक परेमा निःशुल्क रूपमा प्रदान गरिने छ । बाल बालीकालाई उपचारमा सहज होस भनेर गत पुष १३ गते नगर भित्रका सबै सामुदायिक बिद्यालयका शिक्षकलाइ भिजन जाँच गर्न सिकाइएको र भिजन चेक गर्दा समस्या रहेका बाल बालिकालाई आँखा उपचार केन्द्र ईश्वरपुरमा जाँच गरिरहेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरि दाहालले बताउनु भयो ।

यसरी समयमा आँखा जाँच गर्दा बालबालिकाको समस्याको समयमा पहिचान हुने र जसले गर्दा जटिल अवस्थामा नपुगी उपचार गर्न सहज हुने स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महत्ताले बताउनु भयो । आँखा उपचार केन्द्र ईश्वरपुरका प्रमुख राकेश साहले बाल बालिकामा ७ प्रतिशतको हाराहारीमा समस्या हुने गरेको जानकारी दिनु भयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?