काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गर्नुभयो । उहाँले नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) को समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लग्ने बताउनु भयो । उहाँले नेपालमा समाजवादी क्रान्ति नेकपा (एकीकृत समाजवादी) ले मात्रै ल्याउनसक्ने बताउनु भयो । पार्टीको १० औं महाधिवेशनले समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यदी हाम्रो नवौं महाधिवेशनले त्यो गलत निर्णय गरेको हुँदैन थियो भने आज समाजवादी जुन कार्यक्रम हामीले बनाएका छौँ, २०७५ सालमा नेपाली विशेषताको कार्यक्रम बनिसकेको हुन्थ्यो । कमरेड माधवकुमार नेपालले जितेको भए । हामीले ५ महिना पाएको भए हामीले त्यतिबेलै कार्यक्रम ल्याउने थियौँ । त्यो काम ०७५ सालमा गर्नु पर्दथ्यो, अहिले २०८१ मा हामी गर्दैछौँ । मुलुकले भयंकर ठूलो क्षति व्यहोरेपछि नेकपा (एकीकृत समाजवादी) ले आज गर्दैछ । यो सारा काम यो महाधिवेशनले एकै पटक गर्दैन । हाम्रा प्रयत्न सार्थक भएका छन्, सफल भएको छैनन् । पुनःगठन र रुपान्तरणको प्रयत्न सार्थक हुन सकेको छैन, त्यो साँचो हो । विज्ञानमा प्रयत्न गर्नुको औचित्यहिनता कतै हुँदैन । यो महाधिवेशनबाट कतै न कतै समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्छ । यो सारा क्रान्ति नेकपा एमालेले गर्दैन । किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो । त्यो एक हिसावले व्यक्ति पूजा । आगामी दिनमा व्यक्तिपूजाको अझै ठूलो प्रयत्न गर्नेछ । यसकाबिरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ । माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ । उसको त्यो हिसावले सिद्धान्त बुझ्ने उमेर भएको छैन । नेकपा (माओवादी केन्द्र) को उमेर पुगेको छैन । उसले धेरै समय लगाउँछ । हाम्रो यो सानो पार्टी नेकपा (एकीकृत समाजवादी) का काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ ।’
महासचिव भुषालले समाजवादी क्रान्तिका योजना र कार्यक्रमहरु २०७५ सालमै गर्नुपर्ने भएपनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीको नवौं महाधिवेशनमा पराजित हुँदा सम्भव नभएको जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच