काठमाडौं । ‘गीत, गजल र शीतल’ कार्यक्रमको शनिबार सम्पन्न २१औं शृंखलामा लोकप्रिय गायक प्रमोद खरेललाई ‘सुर सुमेरू’को उपाधिले अभिनन्दन गरिएको छ । घोष्ट राइटिङ नेपाल तथा तमू बौद्ध सेवा समिति नेपालले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा गायक खरेललाई उक्त उपाधिले सम्मानित गरिएको थियो ।
गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाले गायक खरेललाई अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो भने डोलमान गुरुङले खरेललाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । नेपाली कला क्षेत्रमा गायक खरेलले पुर्याएको विशेष योगदानलाई कदर गरी उक्त उपाधि प्रदान गरिएको कवि तथा गीतकार शीतल कादम्बिनीले बताउनुभयो । कादम्बिनीद्वारा संयोजन गरिएको उक्त कार्यक्रममा अन्य दुई गजलकारलाई समेत सम्मान गरिएको थियो ।
साहित्यकार निशान निष्कर्षद्वारा सञ्चालित उक्त कार्यक्रममा गजलकार रावत र वविता भुजेलले गजल वाचन गर्नुभएको थियो । लेखन कुञ्जका अध्यक्ष कमल ढकालले कार्यक्रममा शुभकामना तथा स्वागत मन्तव्य राख्नुभएको थियो । समारोहमा गजलकार रावत तथा वविता भुजेलले ६-६ वटा गजल वाचन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच