साैराहा नजिक पर्यटकीय पार्क : तीन महिनामा ५५ प्रतिशत काम

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 3 mins

चितवन । चितवनकाे साैराहा नजिक रत्ननगर नगरपालिकाको वडा नं.१० मा निर्माणाधीन पर्यटकीय पार्कको ५५ प्रतिशत काम सम्पन्न भएको छ ।

पर्यटन प्रवर्द्धनमा कोशेढुङ्गा हुने विश्वासका साथ निर्माण सुरू भएको पर्यटकीय पार्कको लागि नगरले १६ करोड ४० लाख ७६ हजार ९८२ रुपैयाँको लागत इस्टिमेटसहित ठेक्का आह्वान् गरेको थियो । भरतपुर-४ मा रहेको डाइनामिक कन्ट्रक्सन प्रालिले २०८० फागुन ७ गते ११ करोड ५४ लाख ६२ हजार २८२ रुपैयाँमा ठेक्का सम्झौता गरी २०८२ वैशाख २८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरू गरेको थियो ।

अहिलेसम्म ६ करोड ३ लाख ६३ हजार ८८७ रुपैयाँबराबर अर्थात करिब ५५ प्रतिशत निर्माण सम्पन्न भइसकेको रतननगर नगरपालिका पूर्वाधार शाखाका प्रमुख इन्जिनियर कृष्णप्रसाद उपाध्यायले जानकारी दिनुभयाे । उहाँका अनुसार यही रफ्तारमा काम अगाडि बढे आगामी आर्थिक वर्षको असोज मसान्तभित्रै निर्माण सम्पन्न हुने बताउनुभयाे ।

पर्यटकीय पार्क निर्माणपश्चात् व्यस्त जीवनशैलीले मानिसमा हुने धपेडी र तनाव व्यवस्थापन हुनुका साथै असीमित आनन्दका साथ रमाउन सकिने नगरप्रमुख प्रलाद सापकोटाले बताउनुभयाे। पार्कभित्र निलो तालसहितको दृश्यले पर्यटकलाई फरक अनुभूति गराउने उहाँले दाबी गर्नुभयाे । पार्कभित्र सुविधासम्पन्न होटल, रेस्टुराँ, विश्रामस्थल, स्विमिङ, बोटिङ, जिप लाइन, पिङ, चार्जिङ स्टेशनलगायतका गतिविधि सञ्चालन हुने उहाँले बताउनुभयाे ।

पञ्चनदीको संगमस्थल खगेरी नदीकिनारमा निर्माणाधीन उक्त पार्कले समग्र रत्ननगरकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।

पाँच वटा आकर्षक भिल्लाको बीचमा तलाउ, भिल्लाहरुलाई एकापसमा जोड्ने आकर्षक आकाशे पुल, वरपरको वातावरणमा मनमोहक बगैँचा, विविध खेलहरु खेल्न मिल्ने स्थान, खगेरीको तालमा मिनीक्रुज सिप, नजिकै कृष्णसार संरक्षण क्षेत्रलगायतले पार्क पर्यटकको लागि आकर्षणको केन्द्र हुने नगर उपप्रमुख यादव पाठकले बताउनुभयाे ।

पार्कको सम्पूर्ण संरचना निर्माण गर्न ५९ करोड ५४ लाख ८२ हजार ६ रुपैयाँको डिपिआर तयार गरिएको र थप ४३ करोड रुपैयाँ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागत साझेदारी रहने इन्जिनियर पंकज गिरीले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?