![प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको भेट : द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/pm-and-chinies-bidesh-manri.jpg)
कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ५ जना बिनाविभागीय सहित ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
भागबण्डाको किचलोका बीच एमालेबाट तीन जना, माओवादी केन्द्रका तीन जना र एक जना एकीकृत समाजवादीका गरी थप सात जना मन्त्री नियुक्त गर्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरूलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले शपथ गराउनु भएको छ ।
एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला र माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकासमन्त्रीमा नियुक्त गरिएको छ ।
एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी बिक, एकीकृत समाजवादीका माया पन्तलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको छ ।
यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित १० सदस्यीय भएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन् ।
स्वतन्त्र प्रदेश सभा सदस्य डा. जोशी सरकारमा नजाने
सुदूरपश्चिम प्रदेश सरकारमा डडेलधुराबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी सहभागी नहुने हुनुभएको छ । उहाँ वर्तमान सरकारका पक्षमा उभिँदै आउनुभएको छ ।
डा. जोशीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई भेटेर सरकारमा सहभागी नहुने बताएर फर्किनुभएको छ ।
उहाँले अहिलेको अवस्थामा सात मन्त्रालय फुटाएर ११ बनाउने कुरासँग हुन नसकेपछि सरकारमा जान उचित नठानेको बताउनु भयो ।
माओवादी केन्द्रमा किचलो
माओवादी केन्द्रमा मन्त्री सिफारिसको विषयलाई लिएर किचलो भएको छ । पाँच जना सांसदहरुले संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण बुझाएका छन् ।
सांसदहरु खगराज भट्ट, झपट साउँद, शिवसिंह ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन् । माओवादीका सभामुखसहित ११ सांसद छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच