![उपेन्द्र यादवको ओरालो यात्रा](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Upendra-Yadavs-downward-journey-Hita-fornt-page.jpg)
पाल्पा । पाल्पामा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको नुवाकोट गढीबाट बुटवल जाँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधबार राति बुटबल–बेलवासस्थित भ्यू प्वाइन्टनजिक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेहरूमा बुटवल–१० बस्दै आउनुभएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनै जनालाई डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
कारमा सवार अन्य २ जना भने घाइते भएका छन् । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका हुन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु गर्मी छल्न पहाड घुम्न नुवाकोट पुगेका थिए ।
पाल्पाको तिनाउ गाउँपालिका–२, नुवाकोट पुगेर बुटबल बेलवास झर्ने क्रममा भ्यू प्वाइन्टनजिकै दुर्घटनामा परेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । गाडी सडकबाट करिब सय मिटर तल खसेको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/nawalparasi-chaite-dhan.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच