काठमाडौं । पछिल्ला तीन दिन लगातार बढेको सेयर बजार बिहीबार भने घटेको छ । यस दिन नेप्से ९.३२ अंकले घटेर २११२.२९ अंकमा झरेको हो । विकास बैंक र फाइनान्सबाहेक अन्य ११ वटै समूहगत सूचक घटेका छन् भने सर्वाधिक व्यापार, उत्पादन तथा प्रशोधनमूलक १.०३ प्रतिशतले घटेको छ । फाइनान्स भने सर्वाधिक २.०३ र विकास बैंक १.३१ प्रतिशतले बढेको छ ।
बिहीबार तीन सय १३ कम्पनीका एक करोड ४२ लाख ९४ हजार सात सय १२ कित्ता सेयर छ अर्ब ४४ करोड ३० लाख २९ हजार दुई सय आठ रुपैयाँबराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा ५४ करोड ९० लाख रुपैयाँले कारोबार बढेको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल फाइनान्सको २८ करोड ४७ लाख ३९ हजार रुपैयाँबराबरको चार लाख ७० हजार नौ सय ५२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट २० करोड ५७ लाख ५८ हजार, समृद्धि फाइनान्स १७ करोड ५६ लाख, साधना लघुवित्त १२ करोड ९९ लाख र सिइडिबी हाइड्रोपावरको १२ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको छ भने वरुण हाइड्रोपावर १२ करोड एक लाख, माउन्टेन इनर्जी नेपाल १० करोड १३ लाख, गुडविल फाइनान्स १० करोड १२ लाख, प्रोगेसिभ फाइनान्स नौ करोड ६९ लाख र सबैभन्दा धेरै सात लाख ५० हजार तीन सय ९५ कित्ता, हिमालयन बैंक संस्थापक सेयर नौ करोड ३८ लाख रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका तीन सय १३ मध्ये चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समृद्धि फाइनान्स, कुथली बुखरी हाइड्रोपावर, साधना लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । बाराही हाइड्रोपावर ९.७४, मनकामना स्मार्ट लघुवित्त ९.२७, गुडविल फाइनान्स ८.८४, सनराइज फस्ट म्युचुअल फण्ड ५.९७ र राधी विद्युत् कम्पनीको ४.३३ प्रतिशतले मूल्य बढेको छ ।
त्यस्तै, गणपति लघुवित्त ८.६४, मनकामना स्मार्ट लघुवित्त ८.०१, महुली लघुवित्त ७.८७, कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ७.४८, अपर हेवाखोला हाइड्रोपावर ६.४४ र सबैको लघुवित्त वित्तीय संस्थाको ६.११ प्रतिशतले बढेको छ । तर, मिड सोलु हाइड्रोपावरको सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने भगवती हाइड्रोपावर ८.२७, एनआरएन इन्फ्रास्टक्चर ७.७८, कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ५.८३ र महुली लघुवित्तको ५.६२ प्रतिशतले मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच